नयाँ नीड फर स्पीड गेम आउने सम्भावना कति? जान्नुहोस्

Technology Khabar ३२ असार २०८२, बुधबार

काठमाडौं ।

“नीड फर स्पीड” सिरिजका नयाँ खेल कतै नदेखिएको हुनाले यसका प्रशंसकहरू निराश हुन सक्ने बताइएको छ।

इलेक्ट्रोनिक आट्र्सले “नीड फर स्पीडलाई होल्डमा राखेको छ” र सिरिजलाई “चुपचाप पार्क” गरेको स्पीडहन्टर्स वेबसाइटका लागि प्रायः काम गर्ने फोटोग्राफर म्याथ्यू एभरिङ्घमले सामाजिक सञ्जाल पोस्टहरूमा दावी गरेका छन्।

इलेक्ट्रोनिक आट्र्सले (ईए) ले “नीड फर स्पीड” फ्रान्चाइजीको भाग्यको बारेमा आधिकारिक बयान जारी गरेको छैन्। तर धेरै आन्तरिक निर्णयहरूले खेलको अनिश्चित भविष्यलाई औंल्याएका छन्।

यस महिनाको सुरुमा, कम्पनीले अक्टोबर ७ तारिखमा “नीड फर स्पीड राइभल्स” को लागि अनलाइन सर्भरहरू बन्द गर्ने घोषणा गरेको थियो।

यसअघि, नीड फर स्पीड विकासकर्ता क्राइटेरियन गेम्सले सन् २०२३ मा रेसिङ सिरिजमा काम गर्न “कोर समूह” मात्र छोडेर आफ्ना अधिकांश कर्मचारीहरूलाई ब्याटलफिल्ड फ्रान्चाइजीमा स्थानान्तरण गरेको थियो।

त्यसैगरी, ब्याटलफिल्डका प्रमुख भिन्स जाम्पेलाले यस वर्षको सुरुमा नीड फर स्पीड टोलीका बाँकी सदस्यहरूले ब्याटलफिल्डमा काम गर्न आफ्ना सहकर्मीहरूसँग सामेल हुनेछन् भनेर जानकारी दिएका थिए।

सन् १९९४ देखि चलिआएको “नीड फर स्पीड” को पहिलो टाइटल प्लेस्टेशन र सेगा स्याटर्न कन्सोलहरूमा देखा परेको थियो।

त्यसबेलादेखि, सिरिजले २० भन्दा बढी खेलहरू जन्माएको छ जसमध्ये पछिल्लो “नीड फर स्पीड अनबाउन्ड” हो जुन सन् २०२२ डिसेम्बरमा आइपुगेको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ३२ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया