Technology Khabar ३२ असार २०८२, बुधबार
काठमाडौं ।
स्ट्याण्डर्ड चार्टर्डले संस्थागत ग्राहकहरूका लागि बिटक्वाइन र इथरको स्पट ट्रेडिङ सुरु गरेको छ। क्रिप्टो सम्पत्तिप्रतिको बढ्दो मागलाई ध्यानमा राख्दै बैंकको बेलायत शाखामार्फत यो सेवा सुरु गरिएको हो।
बेलायतमा मुख्यालय रहेको यस बैंकले मंगलबार जनाए अनुसार, बिटक्वाइन र इथरको डेलिभरेबल स्पट ट्रेडिङको सुरक्षित, नियमनयुक्त र स्केलेबल पहुँच उपलब्ध गराउने पहिलो विश्वव्यापी प्रणालीगत महत्त्वको बैंक बनेको छ।
कर्पोरेट, लगानीकर्ता र सम्पत्ति व्यवस्थापकजस्ता संस्थागत ग्राहकहरूले अब परिचित विदेशी मुद्रा इन्टरफेसमार्फत डिजिटल सम्पत्तिहरूमा कारोबार गर्न सक्नेछन्। साथै, निकट भविष्यमा नन-डेलिभरेबल फर्वार्ड्स ट्रेडिङ सेवा पनि उपलब्ध गराइने बैंकलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।
“ग्राहकको माग अझ तीव्र रूपमा बढिरहेको अवस्थामा हामीले उनीहरूलाई नियामक मापदण्डभित्र सुरक्षित र प्रभावकारी रूपमा कारोबार गर्ने, व्यापार गर्ने र डिजिटल सम्पत्तिको जोखिम व्यवस्थापन गर्ने बाटो दिन चाहन्छौं,” बैंकका प्रमुख कार्यकारी अधिकृत बिल विन्टर्सले विज्ञप्तिमा भनेका छन्।
प्रकाशित: ३२ असार २०८२, बुधबार