Technology Khabar ३२ असार २०८२, बुधबार
काठमाडौं ।
सामसङले हालै ग्यालेक्सी एस२५ र ग्यालेक्सी एस२४ सिरिजका लागि जुलाई २०२५ एण्ड्रोइड सुरक्षा अपडेट जारी गरेको थियो। अब कम्पनीले तीन थप स्मार्टफोनहरूमा पनि यो नयाँ सुरक्षा अपडेट विस्तार गरेको छ — ती हुन् ग्यालेक्सी ए०४, ग्यालेक्सी ए५६ र ग्यालेक्सी जेड फ्लिप६।
सामसङ ग्यालेक्सी ए०४ का लागि यो अपडेटको फर्मवेयर संस्करण A045FXXSBEYF5 हो, जुन फिलिपिन्स, भियतनाम, थाइल्याण्ड र मलेसियामा रोलआउट भइरहेको छ।
सामसङ ग्यालेक्सी ए५६ मा पनि जुलाई २०२५ सुरक्षा प्याचसहितको अपडेट आइपुगेको छ, जसको फर्मवेयर संस्करण A566BXXS5AYFB हो। यो अपडेट अन्तर्राष्ट्रिय मोडेलहरूका लागि जारी गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
ग्यालेक्सी जेड फ्लिप६ को हकमा भने, जुलाई २०२५ सुरक्षा अपडेट अहिले केवल दक्षिण कोरियाली मोडेलका लागि उपलब्ध भएको छ, जसको फर्मवेयर संस्करण F741NKSS2BYFC हो।
जीएसएमएरिनाका अनुसार यदि यीमध्ये कुनै स्मार्टफोन प्रयोग गर्नेहरुलाई अपडेट प्राप्त भइसकेको छैन भने सेटिङ्स> सफ्टवेयर अपडेट मेनुमा गएर जाँच गर्न सकिनेछ।
प्रकाशित: ३२ असार २०८२, बुधबार