Technology Khabar ३१ असार २०८२, मंगलवार
काठमाडौं ।
गुगलका एक कार्यकारीले एन्ड्रोइड र क्रोमओएस एउटै अपरेटिङ सिस्टममा गाभिने पुष्टि गरेका छन्। गुगलमा एन्ड्रोइड इकोसिस्टमका अध्यक्ष समीर समाटले एन्ड्रोइड र क्रोमओएस एकै प्लेटफर्ममा मिलाइने कुरा औपचारिक रूपमा स्वीकार गरेका हुन्।
गुगलले क्रोमओएसलाई एन्ड्रोइडमा गाभ्ने योजना बनाइरहेको खबर यसअघि पनि सार्वजनिक भएका थिए, तर अहिलेसम्म कम्पनीले औपचारिक रूपमा पुष्टि गरेको थिएन।
जीएसएमएरिनाका अनुसार हालका वर्षहरूमा एन्ड्रोइडले ठूला स्क्रिनका उपकरणका डेस्कटप मोड, सुदृढ विन्डो व्यवस्थापन क्षमता, र विभिन्न स्क्रिन साइजअनुसार स्केल हुने सुधारिएको सुविधा लगायतका लागि छुट्टै फिचरहरू प्राप्त गर्दै आएको छ।
एक अघिल्लो रिपोर्टअनुसार, गुगलको यो कदमको उद्देश्य एप्पलको आइप्याडसँग प्रतिस्पर्धा गर्नु हो। यसले प्रयोगकर्ताहरूलाई एन्ड्रोइड ट्याब्लेटमा अझ धेरै काम गर्न सहज बनाउनेछ।
गुगल हाल पिक्सेल ल्यापटपमा पनि काम गरिरहेको हल्ला छ, जसले कम्पनीको उत्पादन इकोसिस्टमलाई अझ विस्तार गर्न सहयोग गर्ने विश्वास गरिएको छ।
प्रकाशित: ३१ असार २०८२, मंगलवार