ब्रोडकमले स्पेनमा रहेको चिप कारखानामा लगानी योजना छाडेको खुलासा

Technology Khabar ३१ असार २०८२, मंगलवार

काठमाडौं ।

अमेरिकी चिप निर्माता कम्पनी ब्रोडकमले स्पेनमा माइक्रोचिप कारखाना निर्माण गर्न लागिएको लगानी योजना रद्द गरेको छ। सरकारी पक्षसँगको छलफल विफल भएपछि ब्रोडकमले योजना फिर्ता लिएको युरोपा प्रेसले आइतबार अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।

स्पेनको डिजिटल ट्रान्सफरमेसन मन्त्रालय र ब्रडकमले रोयटर्सको टिप्पणी अनुरोधमा तत्काल प्रतिक्रिया दिएका छैनन्। युरोपा प्रेसको रिपोर्टमा छलफल किन विफल भयो भन्ने कारण भने खुलाइएको छैन।

यो निर्णयले युरोपको चिप उद्योगमा सशक्त खेलाडी बन्ने स्पेनको आकांक्षालाई धक्का पुर्‍याउनेछ। स्पेनी सरकारले अघिल्ला दिनमा युरोपेली संघको महामारी राहत कोष प्रयोग गरेर सेमिकण्डक्टर तथा माइक्रोचिप उद्योगका लागि करिब १२ अर्ब यूरो (१४ अर्ब डलर) विनियोजन गर्ने योजना सार्वजनिक गरेको थियो।

ब्रोडकमले दुई वर्षअघि स्पेनमा लगानीको घोषणा गरेको थियो, तर कति रकम लगानी गर्ने भन्ने खुलाएको थिएन। त्यतिबेला स्पेनी सरकारले उक्त परियोजना १ अर्ब डलर बराबरको हुनसक्ने र युरोपमै अद्वितीय ठूलो–स्तरको ‘ब्याक–एन्ड’ सेमिकन्डक्टर कारखाना निर्माण गरिने जानकारी दिएको थियो।

प्रकाशित: ३१ असार २०८२, मंगलवार

तपाइको प्रतिक्रिया