मस्कले टेस्ला र एआई स्टार्टअप एक्सएआईबीच मर्जर योजनालाई समर्थन नगर्ने

  • Technology Khabar | ३१ असार २०८२, मंगलवार
मस्कले टेस्ला र एआई स्टार्टअप एक्सएआईबीच मर्जर योजनालाई समर्थन नगर्ने

काठमाडौं ।

अर्बपति इलन मस्कले सोमबार टेस्ला र आफ्नै एआई स्टार्टअप एक्सएआईबीच मर्जर योजनालाई समर्थन नगर्ने बताएका छन्। एक्सएआईले ग्रोक च्याटबोट सञ्चालन गर्छ र ओपनएआईको च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्छ।

एक प्रयोगकर्ताले एक्स (पूर्व ट्विटर) मा टेस्ला लगानीकर्ताहरूलाई टेस्ला र एक्सएआई गाभिनुपर्छ कि भन्ने प्रश्न गरेका थिए। त्यसमा मस्कले छोटो जवाफ दिएका छन्— “हुँदैन”।

रोयटर्सका अनुसार मस्कले आइतबार टेस्लाले एक्सएआईमा लगानी गर्न सक्छ कि भनेर उनले टेस्ला सेयरधनीहरूलाई मतदान गराउने बताएका छन्। यसअघि उनले “यदि टेस्लाले लगानी गर्न सकेको भए राम्रो हुनेथियो” भनेका थिए।

टेस्ला र एक्सएआई दुवैले रायटरको टिप्पणी अनुरोधमा तत्काल प्रतिक्रिया दिएका छैनन्।

एक्सएआईले यस वर्ष मार्चमा मस्ककै स्वामित्वमा रहेको एक्स (पूर्व ट्विटर) किनेको थियो। त्यो सम्झौताको मूल्य ३३ अर्ब डलर थियो र त्यसबेलाको संयुक्त समूहको मूल्यांकन ८० अर्ब डलर गरिएको थियो।

रायटरका अनुसार, जून महिनामा एक्सएआईले १२० अर्ब डलरभन्दा बढी मूल्यांकनमा लगानी उठाउने छलफल गरिरहेको थियो। कतिपय स्रोतले मूल्यांकन २०० अर्ब डलरसम्म पुग्ने सम्भावना रहेको बताएका थिए।

वॉल स्ट्रीट जर्नलले शनिबार प्रकाशित गरेको रिपोर्टअनुसार, मस्कको अर्को कम्पनी स्पेसएक्सले एक्सएआईमा ५ अर्ब डलरको सेयर बिक्री कार्यक्रमअन्तर्गत २ अर्ब डलर लगानी गर्न प्रतिबद्धता जनाएको छ।

प्रकाशित: ३१ असार २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार