मेटाले भ्वाइस स्टार्टअप प्ले एआई किनेको पुष्टि

  • Technology Khabar | ३१ असार २०८२, मंगलवार
मेटाले भ्वाइस स्टार्टअप प्ले एआई किनेको पुष्टि

काठमाडौं ।

मेटाले मानवजस्तो आवाज उत्पादन गर्ने एआई प्रविधिमा आधारित स्टार्टअप प्ले एआई किनेको छ।

ब्लूमबर्गका अनुसार मेटाका प्रवक्ताले यो अधिग्रहणको पुष्टि गरेका छन्। एक आन्तरिक ज्ञापनमा “पूरै प्ले एआई टोली” अर्को हप्ता मेटामा सामेल हुने उल्लेख गरिएको छ। टेकक्रञ्चले पनि मेटासँग थप पुष्टि मागेको जनाएको छ।

मेटाको उक्त ज्ञापनमा भनिएको छ, “प्राकृतिक आवाज सिर्जना गर्ने र सजिलै भ्वाइस क्रिएसन गर्न सकिने प्लेटफर्म निर्माण गर्ने प्ले एआईको काम हाम्रो एआई क्यारेक्टर, मेटा एआई, वेयरेबल्स र अडियो कन्टेन्ट क्रिएसन सम्बन्धी योजनासँग राम्रोसँग मेल खान्छ।”

टेकक्रञ्चका अनुसार मेटाले पछिल्ला समय एआई क्षेत्रमा ठूलो लगानी गरिरहेको छ। यसमा ओपनएआईबाट आक्रामक रूपमा विज्ञहरू भित्र्याउनुका साथै स्केल एआईसँगको सम्झौता पनि पर्छ।

सोही सम्झौताको क्रममा स्केल एआईका सीईओ अलेक्जान्द्र वाङ मेटामा सामेल भई सुपरइन्टेलिजेन्समा केन्द्रित नयाँ समूहको नेतृत्व गरिरहेका छन्।

यो अधिग्रहणको वित्तीय विवरण सार्वजनिक गरिएको छैन। ब्लूमबर्गले यसअघि यी दुई कम्पनीबीच अधिग्रहणसम्बन्धी वार्ता भइरहेको रिपोर्ट गरेको थियो।

प्रकाशित: ३१ असार २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार