Technology Khabar ३१ असार २०८२, मंगलवार
काठमाडौं ।
एप्पलले सन् २०२६ को पूर्वाद्र्धमा आईफोन १७ई, अपडेट गरिएको आईप्याड एयर र बेस आईप्याडका साथै म्याकबुक प्रो र म्याकबुक एयर कम्प्युटरहरू जस्ता धेरै नयाँ प्रोडक्ट (उत्पादन) हरू प्रस्तुत गर्नेछ।
यो रणनीति दुई अस्थिर वर्ष पछि आम्दानी स्थिर गर्ने कम्पनीको फराकिलो योजनाको अंश भएको ब्लूमबर्गको रिपोर्टले उल्लेख गरेको छ। कमजोर आईप्याड लन्च साइकल्स (सुरुवात चक्र) र नवप्रवर्तनको सुस्त गतिले बिक्रीलाई नकारात्मक असर पारेको थियो।
नयाँ आईफोन १७ई ले अघिल्लो पुस्ताको जस्तै डिजाइन कायम राख्नेछ भने यसमा थप शक्तिशाली ए१९ चिप हुने रिपोर्टले बताएको छ। यो डिभाइस अर्को वर्षको सुरुमा रिलिज हुने अपेक्षा गरिएको छ।
आईप्याड एयर र बेसिक (आधारभूत) आईप्याड मार्च वा अप्रिलमा लन्च हुने अपेक्षित छ। एयर मोडेलहरू एम४ चिपले सुसज्जित हुनेछन् भने बेसिक (आधारभूत) आईप्याडले डिजाइन मात्र कायम राख्दै तीव्र प्रोसेसरमा स्विच गर्ने उल्लेख गरिएको छ।
त्यसैगरी एम५ चिप भएको म्याकबुक प्रो (१४–इन्च र १६–इन्च) सन् २०२६ को सुरुमा आउने अपेक्षा गरिएको छ र हालको औद्योगिक डिजाइनको साथ अन्तिम डिभाइस हुने बताइएको छ। साथै अर्को पुस्ताले ओएलईडी डिस्प्लेमा स्विच गर्ने उल्लेख गरिएको छ। यस बाहेक कम्पनीले सन् २०२६ को पूर्वाद्र्धको लागि एम५ चिप भएको म्याकबुक एयरको पनि योजना बनाएको रिपोर्टले उल्लेख गरेको छ।
पहिले लामो अन्तरालमा आफ्ना सस्ता आईफोन मोडेलहरू अपडेट गरेको एप्पलले अब वार्षिक अपडेट दरमा सर्दैछ जसले थप फ्रिक्वेन्सी र सबै खण्डहरूमा उत्पादनहरूको फराकिलो दायराका साथ नयाँ रणनीतिलाई संकेत गर्दछ भनी टेलीग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: ३१ असार २०८२, मंगलवार