स्पेसएक्सले मस्ककै अर्को कम्पनी एक्सएआईमा २ अर्ब डलर लगानी गर्ने

  • Technology Khabar | ३० असार २०८२, सोमबार
स्पेसएक्सले मस्ककै अर्को कम्पनी एक्सएआईमा २ अर्ब डलर लगानी गर्ने

काठमाडौं ।

अर्बपति इलन मस्कका दुई प्रविधि कम्पनीबीचको सहकार्य अझै गहिरिँदै गएको छ। स्पेसएक्सले आफ्नो स्वामित्वको कम्पनी एक्सएआईमा ५ अर्ब डलर बराबरको इक्विटी राउन्डअन्तर्गत २ अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको वाल स्ट्रीट जर्नलले शनिबार जनाएको छ।

एक्सएआई एक्ससँग गाभिएपछि गरिएको यो लगानीले संयुक्त कम्पनीको मूल्य ११३ अर्ब डलर पुगेको बताइएको छ। रिपोर्टअनुसार हाल एक्सएईको च्याटबोट ग्रोकले स्टारलिंकको ग्राहक सेवा सञ्चालन गरिरहेको छ र आगामी दिनमा टेस्लाका ओप्टिमस रोबोटमा समेत यसको प्रयोग गरिने योजना छ।

रोयटर्सका अनुसार स्पेसएक्स र एक्सएआई दुवैले यो विषयमा रोयटर्सको प्रतिक्रिया आग्रहमा तुरुन्त प्रतिक्रिया दिएका छैनन्।

प्रकाशित: ३० असार २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...