Technology Khabar २८ असार २०८२, शनिबार
काठमाडौं ।
गुगलले जेमिनीको एआई भिडियो–मेकिङ आर्म ‘भियो ३’ मा नयाँ सुविधा थपेको छ। जेमिनीको यो नयाँ सुविधाको साथ अब तस्बिरहरूलाई भिडियोमा परिणत गर्न सकिने भएको छ। यी भिडियो लामो नभइ मात्र आठ–सेकेन्डका भिडियो क्लिपहरू हुनेछन् र तिनीहरूमा साउण्ड (ध्वनि) पनि हुने बताइएको छ।
यो सुविधा प्रयोग गर्नकोलागि, प्रम्प्ट बक्समा रहेको टुल मेनुबाट भिडियोहरू चयन गर्नु पर्नेछ र तस्बिर अपलोड गर्नु पर्नेछ। त्यसपछि सिन (दृश्य) वर्णन गरेर आफूसँग भएको कुनै पनि अडियो निर्देशनहरू थप्न सकिने छ। यति गरेपछि, तस्बिर भिडियोमा परिणत हुनेछ। एक पटक यो पूरा भएपछि, यसलाई सेयर गर्न वा डाउनलोड गर्न पनि सकिने छ। साथै आफूले बनाएको भिडियोहरूमा थम्ब्स अप वा डाउन बटनहरू प्रयोग गरेर गुगललाई तिनीहरूको बारेमा प्रतिक्रिया दिन सकिानेछ जुन यसले अनुभवलाई अझ सुधार गर्न प्रयोग गर्नेछ।
यो फोटो–टु–भिडियो क्षमता “विश्वभरका चयन गरिएका देशहरू” मा गुगल एआई प्रो र अल्ट्रा सदस्यहरूमा रोल आउट हुन थालेको छ र यही क्षमताहरू गुगलको एआई फिल्ममेकिङ टुल फ्लोमा पनि उपलब्ध भएको बताइएको छ।
विगत सात हप्तामा जेमिनी एप र फ्लो मार्फत ४ करोड भन्दा बढी भियो ३ भिडियोहरू उत्पन्न भइसकेका छन्, र यो नयाँ कार्यक्षमताले निकट भविष्यमा यो संख्यालाई निस्सन्देह बढाउँनेछ भनी गुगलले बताएको छ। यी एआई उत्पन्न भिडियोहरूमा तिनीहरू एआईबाट उत्पन्न भएको भनेर देखाउनको लागि देखिने वाटरमार्कका साथै एक अदृश्य सिन्थआईडी डिजिटल वाटरमार्क समावेश हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २८ असार २०८२, शनिबार