विद्युतीय माध्यमबाट हुने कारोबार र वित्तीय पहुँच अभिवृद्धि गरिने

  • Technology Khabar | २७ असार २०८२, शुक्रबार
विद्युतीय माध्यमबाट हुने कारोबार र वित्तीय पहुँच अभिवृद्धि गरिने

काठमाडौं ।

सवल र सुरक्षित भुक्तानी प्रणालीको विकास गरी विद्युतीय माध्यमबाट हुने कारोबार र वित्तीय पहुँच अभिवृद्धि गर्ने भएको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आज आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति प्रस्तुत गर्ने क्रममा यसबारे उल्लेख गरेका हुन्।

यसबाहेक लघु, साना तथा मझौला व्यवसायीलाई विद्युतीय माध्यमबाट कारोबारमा आधारित भई प्रवाह गरिने कर्जामा सहजीकरण गर्न डिजिटल लेण्डिङ गाइडलाइन्समा परिमार्जन गरिने उनले बताए।

भुक्तानी प्रणालीलाई थप सबल, सक्षम र सुरक्षित बनाउन यस क्षेत्रमा हुने नवीन अभ्यास तथा नवप्रवर्तन प्रवर्द्धन गर्न रेगुलेटरी स्याण्डबक्स सञ्चालनमा ल्याइने साथै वर्तमान परिवेशमा भुक्तानी प्रणालीलाई सबल बनाउन नेशनल पेमेन्ट्स सिस्टम डेभलपमेन्ट स्ट्राटेजीको समीक्षा गरी नयाँ रणनीति तर्जुमा गरिने योजना मौद्रिक नीतिले समेटेको छ।

यसका साथै प्रणालीगत रुपमा महत्वपूर्ण भुक्तानी प्रणालीको पहिचान गरी प्रभावकारी अनुगमनका लागि फ्रेमवर्क फर आइडेन्टिफाइङ सिस्टमेटिकल्ली इम्पोर्टेन्ट पेमेन्ट सिस्टम्स (एसआईपीएस) जारी गरिनेछ।

प्रकाशित: २७ असार २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार