
काठमाडौं ।
आईफोन १७ एयर चारओटा रङ्गहरुमा आउने हल्ला चलिरहेको छ। उक्त रङ्ग विकल्पहरुमा ब्ल्याक (कालो), सिल्भर (चाँदी), लाइट गोल्ड (हल्का सुनौलो) र लाइट ब्लू (हल्का नीलो) रहेका छन्। एक लीकरका अनुसार लाइट ब्लू (हल्का नीलो) “धेरै नै हल्का” (लाइट) हुने बताएका छन् जुन मुश्किलले नीलो देखिने र धेरै प्रकाश भएको परिदृश्यहरूमा बढी सेतो हुने उल्लेख गरिएको छ।
त्यसैगरी सूक्ष्म विषयवस्तु (थिम) हल्का सुनौलो संस्करणको साथ जारी रहने जनाइएको छ। यस डिभाइसको मुख्य विषयवस्तु (थिम) हल्कापन र पातलोपन हुने देखिएको उल्लेख गरिएको छ।
आईफोन १७ एयरमा अब ए१९ प्रो चिप रहने हल्ला चलिरहेको छ जुन आईफोन १७ प्रो र प्रो म्याक्समा समावेश गरिने चिपहरुभन्दा तलको संस्करण भएको बताइएको छ। यद्यपि, यो आईफोन १६ प्लसको भन्दा एक कदम माथिल्लो तहको भएको बताइएको छ। साथै आईफोन १७ एयरले आईफोन १६ प्लसलाई प्रतिस्थापन गर्दैछ। यस बाहेक आईफोन १७ एयरले प्रोहरुले जस्तै र्याम पाउने थप उल्लेख गरिएको छ।
आईफोन १७ एयरको एकमात्र नकारात्मक पक्ष भनेको डिभाइसको हास्यास्पद ब्याट्री क्षमता र पछाडि सिङ्गल क्यामरा हुनु हो भनी उल्लेख गरिएको छ। सायद धेरै मानिसहरू पातलोपन (५.५ एमएम देखि ५.६५ एमएम) र हलुकापन (१४५ ग्राम) ले गर्दा ती कुराहरूलाई बेवास्ता गर्न सक्नेछन् भनी जीएसएमएरिले रिपोर्ट गरेको छ।
प्रकाशित: २७ असार २०८२, शुक्रबार