टिकटक, रील्स तथा शर्ट्सहरूले मानिसको मस्तिष्क गतिविधिलाई परिवर्तन गर्न सक्ने अध्ययनको चेतावनी

Technology Khabar २७ असार २०८२, शुक्रबार

काठमाडौं ।

एउटा नयाँ ब्रेन इमेजिङ स्टडी (मस्तिष्क चित्रण अध्ययन) ले टिकटक, इन्स्टाग्राम रिल र युट्युब सर्टजस्ता सर्ट–फर्म भिडियो प्लेटफर्महरूमा लत लागेका व्यक्तिहरू आर्थिक नोक्सानप्रति कम संवेदनशील र आवेगमा गरिने निर्णयहरूको लागि बढी जोखिम हुन सक्छन् भन्ने कुराको पत्ता लगाएको छ।

न्यूरोइमेज जर्नलमा प्रकाशित, अनुसन्धानले यस्ता व्यवहारिक परिवर्तनहरू विशेष गरी रिवार्डहरूको मूल्याङ्कन र कार्यहरूलाई मार्गदर्शन गर्ने जिम्मेवार क्षेत्रहरूमा मस्तिष्क गतिविधिको विशिष्ट ढाँचाहरूसँग जोडिएको हुन्छन् भनेर देखाएको उल्लेख गरिएको छ।

अध्ययनले सर्ट–फर्म भिडियोको लत र जुवाका साथै पदार्थ दुरुपयोग जस्ता अन्य लत व्यवहारहरू बीच समानताहरू चित्रण गरेको छ। दुवै अवस्थामा, व्यक्तिहरूले दीर्घकालीन परिणामहरू भन्दा तत्काल रिवार्ड (पुरस्कार) हरूलाई प्राथमिकता दिने गरेको पाइएको छ।

यी प्लेटफर्महरूमा अनगिन्ति स्क्रोलिङ र पर्सनलाइज्ड कन्टेन्ट (व्यक्तिगत सामग्री) को निरन्तर एक्सपोजरले तत्काल सन्तुष्टि र बारम्बार प्रयोगलाई प्रोत्साहित गरेर मस्तिष्कको कार्यलाई परिवर्तन गर्न सक्ने अनुसन्धानले चेतावनी दिएको छ।

साथै यसले गर्दा मानिसहरुमा जोखिमहरूको मूल्याङ्कन गर्ने र सही निर्णयहरू गर्ने क्षमतामा कमी ल्याउनुका साथै विशेष गरी पैसाको सन्दर्भमा गरिने निर्णयहरू अझ धेरै प्रभावित हुन सक्ने भन्दै उल्लेख गरेको छ।

“सर्ट–फर्म भिडियोको लत एउटा विश्वव्यापी सार्वजनिक स्वास्थ्य खतरा हो – चीनका प्रयोगकर्ताहरूले यसमा दैनिक औसतु १५१ मिनेट बिताउँछन् र ९५.५ प्रतिशत इन्टरनेट प्रयोगकर्ताहरू संलग्न हुन्छन्। यो उच्च–तीव्रताको ‘इन्स्ट्याण्ट रिवार्ड’ कन्जमसन (खपत) ले ध्यान, निद्रा र मानसिक स्वास्थ्यलाई मात्र बिगार्दैन तर डिप्रेसनको जोखिम पनि बढाउँछ” अध्ययनका लेखक तथा टियांजिन नर्मल विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक कियांग वाङले भने।

“पदार्थको लत (जस्तै, जुवा, रक्सी) ले निरन्तर रूपमा हानिप्रति कम संवेदनशीलता देखाउँछ भने सर्ट–फर्म भिडियोको लतले कसरी मस्तिष्कको ‘जोखिमका बिरुद्ध हानि’ को मूल्याङ्कनलाई परिवर्तन गर्छ भन्ने कुराको बारेमा भर्चुअल रुपमा अनभिज्ञ रहेको थियौँ। त्यसैले, हामीले कम्प्युटेसनल मोडलिङ (डीडीएम) र न्यूरोइमेजिङ (एफएमआरआई) को एकीकरण गरेर सुरुमा दुव्र्यसनीहरूले प्रयोगको दीर्घकालीन लागत (जस्तै, समयको हानि, स्वास्थ्य जोखिम) लाई कम मूल्याङ्कन गर्छन् कि गर्दैनन् भन्ने कुरोको र दास्रोमा कसरी न्यूरल इभिडियन्स एकुमुलेसन स्पिड (संचय गति) र मोटर–सेन्सरी नेटवर्कहरूले यस्ता निर्णय पूर्वाग्रहहरूलाई चलाउँछन् भनेर पत्ता लाउन अध्ययन सुरु गर्यौँ” उनले बताए।

विशेष गरी, अनुसन्धान टोलीले सर्ट–फर्म भिडियोको लतका धेरै लक्षणहरू रिपोर्ट गर्ने व्यक्तिहरूले “लस एभर्सन” (घाटाबाट बच्ने इच्छा) पनि कम देखाउँछन् कि भनेर बुझ्न चाहेको बताइएको छ जुन लाभभन्दा घाटालाई बढी प्राथमिकता दिने मनोवैज्ञानिक प्रवृत्ति हो भनी थप उल्लेख गरिएको छ।

घाटाबाट बच्नलाई सामान्यतया निर्णय लिने सुरक्षात्मक विशेषता मानिने गरिन्छ र यसले मानिसहरूलाई जोखिमपूर्ण व्यवहारबाट बच्न मद्दत गर्दछ। अघिल्ला अध्ययनहरूले जुवाको लत, मदिरामा निर्भरता र केही लागूपदार्थको लत भएका व्यक्तिहरूमा हानिबाट बच्नको लागि कम चाहना देखाउने गरेको तथ्य पत्ता लगाएको भए तापनि बाध्यकारी सर्ट–भिडियो प्रयोग जस्ता गैर–पदार्थ व्यवहारिक लतहरूमा यो ढाँचा कसरी देखा पर्न सक्छ भन्ने बारेमा थोरै मात्र थाहा भएको एनडीटिभीले रिपोर्ट गरेको छ।

प्रकाशित: २७ असार २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया