कम्पनीको मूल्याङ्कन ४०० अर्ब डलर हाराहारी पुर्याउन लगानी जुटाउँदै स्पेसएक्स

  • Technology Khabar | २७ असार २०८२, शुक्रबार
कम्पनीको मूल्याङ्कन ४०० अर्ब डलर हाराहारी पुर्याउन लगानी जुटाउँदै स्पेसएक्स

काठमाडौं ।

स्पेसएक्स नयाँ लगानी जुटाउने तयारीमा रहेको छ जसले कम्पनीको मूल्याङ्कन लगभग ४०० अर्ब डलर पुर्‍याउनेछ। यसबारे हालै ब्लुमबर्गले एउटा रिपोर्ट सार्वजनिक गर्दै जानकारी गराएको हो।

ब्लुमबर्गका अनुसार कम्पनीले आन्तरिक सेयर बिक्रीमार्फत पूँजी संकलन गर्न लागेको हो जसमा केही सेयरहरू कर्मचारीहरूले पनि निश्चित लगानीकर्तालाई बिक्री गर्न पाउनेछन्। स्रोतका अनुसार स्पेसएक्स ले हरेक वर्ष दुई पटक यस्तो टेन्डर अफरको आयोजना गर्दै आएको टेकक्रञ्चले उल्लेख गरेको छ।

स्पेसएक्सको मूल्याङ्कन स्थापना भएदेखि लगातार बढ्दै गएको छ। कम्पनीको मूल्याङ्कन अक्टोबर २०२१ मा पहिलो पटक १०० अर्ब डलर नाघेको थियो, र त्यसको तीन वर्षमै दोब्बर भएको थियो।

डिसेम्बर २०२४ मा आयोजित टेन्डर अफरमा कम्पनीको मूल्यांकन ३५० अर्ब डलर रहेको थियो, र यसपटकको प्रस्तावित फन्डिङले ठूलो फड्को मार्ने संकेत गरेको छ।

टेकक्रञ्चका अनुसार हाल वार्ताहरू जारी छन् र अन्तिम मूल्यलगायतको विवरण परिवर्तन हुन सक्ने सम्भावना छ।

प्रकाशित: २७ असार २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार