सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ

  • Technology Khabar | २६ असार २०८२, बिहीबार
सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ
सांकेतिक तस्विर

काठमाडौं ।

सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँकाअनुसार, बानेश्वर स्थित टेकस्पायर कलेजका प्राध्यापक सहित ५ जनालाई पक्राउ गरिएको छ।

प्रहरीकाअनुसार, पक्राउ पर्नेमा प्राध्यापक विजय बाबु रेग्मी, टेकस्पायर कलेजका विद्यार्थीहरू समन महर्जन, सुजल काजी श्रेष्ठ, समिप खतिवडा र अफ्ताव रेजा छन्।

असार २४ मा बिहान साढे ९ बजेतिर संसद् भवनमा खसेको अवस्थामा ड्रोन भेटिएको थियो। निषेधित क्षेत्रमा ड्रोन भेटिएपछि त्यसबारे संसद्‌मा सांसद रामहरि खतिवडाले सदनमा समेत कुरा उठाएका थिए।

टेकस्पायर कलेजले ब्याचलर अफ साइन्स इन आईटीका विद्यार्थीहरुलाई ड्रोन निर्माण गर्ने टास्क दिईएको र सो ड्रोन परीक्षणको क्रममा संसद् भवनमा खसेको अनुसन्धानबाट थाहा भएको छ।

असार २३ गते राति विद्यार्थीहरूले परीक्षण गर्दा थ्रस्ट टेस्ट गर्ने क्रममा सिग्नल लस्ट भएर उक्त ड्रोन खसेको विद्यार्थीहरूले प्रहरीलाई बताएको उल्लेख छ।

प्रकाशित: २६ असार २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...