नेपाल टेलिकमले ल्यायो मनसुन अफर २०८२, अपाङ्गता भएका व्यक्तिहरुका लागि थप सुविधा

  • Technology Khabar | २६ असार २०८२, बिहीबार
नेपाल टेलिकमले ल्यायो मनसुन अफर २०८२, अपाङ्गता भएका व्यक्तिहरुका लागि थप सुविधा

काठमाडौं ।

नेपाल टेलिकमले निरन्तर रूपमा ग्राहकको सन्तुष्टि र चाहनालाई प्राथमिकता दिँदै नयाँ अफर सार्वजनिक गरेको छ।

ग्राहक सेवामा समर्पित भन्ने नारालाई आत्मसात गर्दै विभिन्न माध्यमबाट प्राप्त भएका ग्राहकवर्गका प्रतिक्रिया र सुझावका साथै सेवाको प्रयोगशैलीलाई समेत मध्यनजर गर्दै कम्पनीले आजदेखि लागु हुने गरी मनसुन अफर २०८२ (Monsoon Offer 2082) अन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरु उपलब्ध गराउने भएको छ।

यस अफर अन्तर्गत विभिन्न सुविधा सहितका भ्वाइस, डाटा तथा एसएमएस प्याकेज उपलब्ध गराइने छ भने विशेषगरी अपाङ्गता भएका व्यक्तिहरुका लागि बोनस सहितका प्याकेजका साथै सजिलो अनलिमिटेड ६९९ र ७९९ प्याकेज ३० प्रतिशत छुटमा समेत उपलब्ध गराइने जानकारी दिएको छ।

ग्राहकले आफ्नो मोबाइलबाट *1415# डायल गरेर वा ‘नेपाल टेलिकम’ एपको प्रयोग गरेर विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा खरिद गर्न सक्ने जनाएको छ।

प्रकाशित: २६ असार २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार