Technology Khabar २६ असार २०८२, बिहीबार
काठमाडौं ।
लुसिड मोटर्सले विद्युतीय कारमा एक पटकको चार्जमा सबैभन्दा लामो दूरी तय गर्दै नयाँ गिनिज वर्ल्ड रेकर्ड कायम गरेको छ।
लुसिड एयर ग्राण्ड टुरिङले चार्जको लागि नरोकिकन स्विट्जरल्याण्डको सेन्ट मोरिट्जबाट जर्मनीको म्युनिखसम्म १,२०५ किलोमिटर यात्रा तय गरेको हो।
यात्रामा अल्पाइन रोडस्, राजमार्गहरू र माध्यमिक सडकहरू समावेश थिए। यस नयाँ रेकर्डले सन् २०२५ को जुनमा स्थापित १,०४५ किलोमिटरको अघिल्लो रेकर्डलाई १६० किलोमिटरले तोड्न सफल भएको छ।
लुसिड एयर ग्राण्ड टुरिङ कम्पनीको स्वामित्वको इलेक्ट्रिक पावरट्रेनद्वारा सञ्चालित छ। यसले ८३१ पीएस डेलिभर गर्दछ भने ९६० किलोमिटरको डब्ल्यूएलटीपी रेञ्ज रहेको छ।
यसले प्रति १०० किलोमिटर १३.५ किलोवाट प्रति घण्टा जति कम उर्जा प्रयोग गर्दछ र प्रति घण्टा २७० किलोमिटरको उच्चतम गतिमा पुग्न सक्ने बताइएको छ। कारले अल्ट्रा–फास्ट चार्जिङलाई समर्थन गर्दछ, जसले गर्दा यसले १६ मिनेटमा ४०० किलोमिटरको रेञ्ज थप्न सक्ने उल्लेख गरिएको छ। यस ईभीमा प्रिमियम सामग्रीबाट बनेको फराकिलो इन्टेरियर (भित्री भाग) र पाँच सिटहरू रहेको छन्।
यो लुसिड र लन्डनस्थित उद्यमी उमित सबान्सीसँग सम्बन्धित दोस्रो गिनिज वर्ल्ड रेकर्ड हो। सन् २०२४ मा, सबान्सीले एकै चार्जमा नौ देशहरूमा लुसिड एयर ग्राण्ड टुरिङ चलाएको र रिचार्ज नगरी प्रोडक्सन इलेक्ट्रिक भेहिकल (उत्पादन विद्युतीय सवारी साधन) मा भ्रमण गरिएका धेरैजसो देशहरूको लागि रेकर्ड कायम गरेको थियो।
सबान्सीले यो नयाँ यात्रा त्यो उपलब्धिमा निर्माण भएको बताए। “जब मैले २०२४ मा नौ देशको यात्रा पूरा गरें, यो केवल सुरुवात थियो” उनले भने। “यो नयाँ रेकर्डले विद्युतीय कारहरू वास्तवमा कति टाढा जान सक्छन् भनेर देखाउँछ। यो केवल भविष्य मात्र होइन। यो पहिले नै भइरहेको छ”,ङ्क उनले थप उल्लेख गरे।
लुसिडका उत्पादनका वरिष्ठ उपाध्यक्ष र प्रमुख इन्जिनियर एरिक बाखले ‘रेकर्डले लुसिडको ईभी प्रविधिमा नेतृत्व प्रमाणित गर्ने’ बताए। “लुसिड सवारी साधनहरूले कम ऊर्जा प्रयोग गर्छन् र बजारमा रहेका अन्य कुनै पनि ईभी भन्दा अगाडि जान्छन्”, उनले भने।
लुसिड एयर ग्राण्ड टुरिङलाई ६११ किलोवाटमा मूल्याङ्कन गरिएको छ र यसमा ८१७ र ९६० किलोमिटरको बीचमा डब्ल्यूएलटीपी–परीक्षण गरिएको रेञ्ज रहेको छ। त्यसैगी वास्तविक रेञ्ज भने ड्राइभिङ व्यवहार, ट्राफिक, सडक अवस्था र मौसमको आधारमा फरक हुन सक्ने गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २६ असार २०८२, बिहीबार