गुगलको एआई क्षेत्रको लगानी प्राविधिक पूर्वाधारमा केन्द्रित

  • Technology Khabar | २६ असार २०८२, बिहीबार
गुगलको एआई क्षेत्रको लगानी प्राविधिक पूर्वाधारमा केन्द्रित

काठमाडौं ।

गुगलले गरेको एआई लगानी मुख्यतः प्राविधिक पूर्वाधारमा केन्द्रित रहेको गुगल एपीएसी (एशिया–प्रशान्त क्षेत्र) का एआई तथा उदाउँदै गरेका प्रविधि नीतिका प्रमुख युनिस हुआङले बुधबार बताएकी छिन्।

“हाम्रा सीईओले भनेझैं, अत्यधिक रूपान्तरणकारी प्रविधिको सुरुआती चरणमा लगानी कम गर्नुका जोखिमहरू अत्यधिक लगानी गर्नुका जोखिमभन्दा निकै धेरै छन्,” हुआङले सिंगापुरमा आयोजित रोयटर्स नेक्स्ट एसिया सम्मेलनको एक छलफल सत्रमा भनिन्।

रोयटर्सका अनुसार गत अप्रिलमा गुगलको मूल कम्पनी अल्फाबेटले यस वर्ष अमेरिकी करको अन्योलका बावजुद पनि डाटा सेन्टरको क्षमता विस्तार गर्न करिब ७५ अर्ब डलर खर्च गर्ने प्रतिबद्धता कायमै रहेको जनाएको थियो। कम्पनीले आफ्ना एआई योजनाहरूले राम्रो प्रतिफल दिइरहेको भन्दै लगानीकर्ताहरूलाई ढुक्क पार्ने प्रयास गरेको थियो।

प्रकाशित: २६ असार २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार