टिम नेपाल ‘रोबोटिक्स फर गुड युथ च्यालेञ्ज २०२५’ मा सहभागी हुन जेनेभा प्रस्थान

  • Technology Khabar | २४ असार २०८२, मंगलवार

काठमाडौं ।

कम्तीमा एक पदक जित्ने अपेक्षा नेपाली युवा नवप्रवर्तनकर्ताहरुको एक टोली स्विजरल्यान्ड, जेनेभा प्रस्थान गर्न लागेका छन्, जहाँ उनीहरूले “एआई फर गुड रोबोटिक्स गुड युथ च्यालेञ्ज” मा सहभागी हुँदै नेपालको प्रतिनिधित्व गर्नेछन्।

उक्त प्रतियोगिता अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) द्वारा आयोजना गरिने एआई फर गुड ग्लोबल समिटको एक भाग हो, जुन जुलाई ९, २०२५ देखि सुरु हुँदैछ।

नेपालबाट सहभागी टोलीहरू वरिष्ठ र जुनियर तहका विजेता हुन्, जसले रोबोटिक्स एसोसिएसन अफ नेपालको संयोजनमा सम्पन्न भएको “रोबोटिक्स फर गुड युथ च्यालेञ्ज” मार्फत छनोट भएका थिए।

प्रतियोगिता स्थानहरू

सिनियर तह: काठमाडौं इन्जिनियरिङ कलेज, कालिमाटी
जूनियर तह: युनाइटेड स्कूल, ग्वार्को, ललितपुर

टिम नेपाल सल्लाहकार

१.बिकाश गुरुङ अध्यक्ष, रोबोटिक्स एसोसिएसन अफ नेपाल
टिम नेपाल सिनियर छनोट भएका टोलीहरु:

टिम सगरमाथा (नेपाल सिनियर) प्रशिक्षक:

१. सन्तोष थापा मगर
प्रभिन श्रेष्ठ बनेपा निस्ट, बनेपा
सम्पना केसी – ट्रिनिटि इन्टरनेशनल कलेज
श्रेयश आचार्य – ट्रिनिटि इन्टरनेशनल कलेज

जुनियर तहको प्रतियोगिता २०८२ जेठ १५ गते युनाइटेड स्कूल, ललितपुरमा सम्पन्न भएको थियो, जहाँ १७ वटा विद्यालयका टोलीहरू सहभागी थिए। अन्तर्वार्ताबाट निम्न विद्यार्थीहरु अन्तर्राष्ट्रिय मञ्चका लागि छनोट गरिए:

टिम गौतम बुद्ध (टिम नेपाल जुनियर) प्रशिक्षक:

१. ऋषव राज
२. किरण खत्री
आरव गौतम युनाइटेड स्कूल
परीधी श्रेष्ठ युनाइटेड स्कूल

टिम नेपाल जुनियर छनोट भएका विद्यार्थीहरू

अनुपम भुजेल केएमसी स्कूल
ऋद्धि मानन्धर समृद्धि स्कूल

सहयोगी संस्था

प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न निम्न साझेदारहरूको विशेष योगदान रहेको छः

काठमाडौं इन्जिनियरिङ कलेज

युनाइटेड स्कूल र युनाइटेड एकेडेमी ग्रुप

जेभियर एकेडेमी

ग्लोबल रिच

शिवशक्ति एजु-टेक मार्ट

एआई फर गुड ग्लोबल समिट संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) द्वारा आयोजित प्रमुख प्रविधि सम्मेलन हो। यस अन्तर्गतको रोबोटिक्स फर गुड युथ च्यालेञ्जमा ६० भन्दा बढी देशका युवा सहभागीहरूले एआई र रोबोटिक्सको माध्यमबाट सामाजिक समस्याहरूको समाधान प्रस्तुत गर्ने रोबोटिक्स एसोसियशन नेपालले जनाएको छ।

 

प्रकाशित: २४ असार २०८२, मंगलवार

तपाइको प्रतिक्रिया