राष्ट्रिय सूचना आयोगले माग्यो “उत्कृष्ट सूचना अधिकारी पुरस्कार” का लागि सिफारिसको आवेदन

  • Technology Khabar | २४ असार २०८२, मंगलवार
राष्ट्रिय सूचना आयोगले माग्यो “उत्कृष्ट सूचना अधिकारी पुरस्कार” का लागि सिफारिसको आवेदन

काठमाडौं ।

राष्ट्रिय सूचना आयोगले आगामी भदौ ३ गते राष्ट्रिय सूचना दिवसको अवसरमा वितरण गरिने “उत्कृष्ट सूचना अधिकारी पुरस्कार” का लागि सिफारिस आह्वान गरेको छ। आयोगले आज एक सूचना प्रकाशित गरी यस प्रकारको सिफारिस आह्वान गरेको हो।

‘राष्ट्रिय सूचना आयोगबाट सार्वजनिक निकायमा कार्यरत सूचना अधिकारीहरूलाई “उत्कृष्ट सूचना अधिकारी पुरस्कार” बाट पुरस्कृत गरिने हुँदा यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र आयोगमा आइपुग्ने गरी सम्बन्धित कार्यालय प्रमुखले सिफारिस गरी पठाउनुहुन अनुरोध गरिन्छ’,सूचनामा उल्लेख छ।

आयोगले सिफारिस फाराम र यस सम्बन्धी विस्तृत सूचना आयोगको वेबसाइट www.nic.gov.np मा राखेको छ। सिफारिस फाराम [email protected] मा पठाउन सकिनेछ।

प्रकाशित: २४ असार २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...