काठमाडौं ।
शाओमीको बहुप्रतिक्षित एसयू७ अल्ट्रा इलेक्ट्रिक भेहिकल (गाडी) भर्खरै जर्मनीमा दर्ता गरिएको छ। एसयू७ अल्ट्राको उक्त दर्ता अब युरोपेली डेब्यूको दिशामा एक प्रमुख कदम भएको बताइएको छ। ब्रान्डको पहिलो इलेक्ट्रिक भेहिकल यस अघि नै चीनमा लन्च भइसकेको छ। यसै क्रममा अब, कम्पनीका एक कार्यकारीले जर्मन लाइसेन्स प्लेट भएको एसयू७ अल्ट्रा सँग पोज दिइरहेको तस्वीर साझा गरेका छन्।
शाओमी एसयू७ अल्ट्रा चाँडै युरोपमा आउँदैछः
चिनियाँ टेक जायन्टका अध्यक्ष लु वेइबिङले वेबोमा एसयू७ अल्ट्राको अगाडि उभिएको एउटा तस्बिर सेयर गरेका छन्। उनले जर्मन लाइसेन्स प्लेट प्रदर्शन गरेका छन् र शाओमीको पहिलो ईभीले युरोपेली देशमा प्रयोगात्मक कार दर्ता पूरा गरेको पुष्टि गरेका छन्। अहिलेसम्मको जानकारीहरुको आधारमा, शाओमी एसयू७ अल्ट्रा सन् २०२७ मा लन्च हुने तयारीमा रहेको थाहा हुन आएको बताइएको छ।
वरिष्ठ अधिकारीले म्युनिखमा शाओमी एसयू७ अल्ट्रा इलेक्ट्रिकको परीक्षण पनि गरेका थिए भनी सामाजिक सञ्जाल पोस्टले थप उल्लेख गरेको छ। उक्त तस्बिरमा देखिएको लाइसेन्स प्लेटमा “एम एसयू७०८८ई” रहेको देख्न सकिने र यसको मोडेल पनि स्पष्ट रूपमा प्रदर्शन गरेको उल्लेख गरिएको छ। त्यसैगरी गत महिना मात्र, ब्रान्डको शाओमी एसयू७ अल्ट्रा ग्रान टुरिस्मो ७ मा आउने पुष्टि गरिएको छ। शाओमीले आफ्नो इलेक्ट्रिक सवारी साधनहरूको व्यापक रिलीजको लागि महत्वाकांक्षी योजनाहरू बनाएको छ।
एसयू७ अल्ट्रा एक हाई–पर्फमेन्स (उच्च–प्रदर्शन) इलेक्ट्रिक सेडान हो जुन चीनमा लगभग ७३,००० अमेरिकी डलरमा डेब्यू गरेको थियो। एसयू७ अल्ट्राले केवल १.९८ सेकेन्डमा ०–१०० किमी/घण्टाको प्रभावशाली एक्सेलेरेशन प्रदान गर्दछ। साथै फ्ल्यागशिप ईभीले ३५० किमी/घण्टाको उच्चतम गति प्राप्त गर्न सक्ने बताइएको छ र यो सबैभन्दा फास्टेस्ट फोर–डोर प्रोडक्सन कार भएको दाबी गरिएको छ। अधिक भरपर्दो अनुभव खोज्नेहरूका लागि, एसयू७ अल्ट्राले केवल ११ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्ने र ६२० किमी सीएलटीसी रेञ्ज प्रदान गर्ने गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: २४ असार २०८२, मंगलवार