
काठमाडौं ।
मेटाले फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप प्लेटफर्महरूमा प्रयोगकर्ताहरूलाई निजी सन्देशहरू पठाउने कृत्रिम बुद्धिमत्ता च्याटबटहरूको परीक्षण गरिरहेको छ।
यी सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले “मेस्ट्रो अफ मुभी म्याजिक” नामक च्याटबटबाट अनावश्यक सन्देशहरू प्राप्त गर्न सक्ने टेकक्रन्चको रिपोर्टले उल्लेख गरेको छ।
टेलीग्राफका अनुसार यसले प्रयोगकर्ताहरूलाई चलचित्रमा साउन्डट्र्याक मन पर्यो कि परेन भनेर सोध्ने र मुभि नाइटको लागि सिफारिसहरू प्रस्ताव गर्न सक्ने छ।
तर, यदि प्रयोगकर्ताले पहिलो कुराकानीको लागि गरिएको प्रयासको जवाफ नदिएमा च्याटबटले थप सन्देशहरू नपठाउने कम्पनीले बताएको छ।
साथै प्रयोगकर्ताले पहिले च्याटबटसँग कम्तिमा पाँच सन्देशहरू आदानप्रदान गरेको खण्डमा मात्र सन्देशहरू अन्तिम कुराकानीको १४ दिन भित्र मात्र पठाउन सकिनेछ भनी मेटाले थप उल्लेख गरेको छ।
यस पहलको पछाडि स्पष्ट रुपमा व्यावसायिक स्वार्थ रहेको उल्लेख गरिएको छ। मेटाले आफ्ना एआई–आधारित उत्पादनहरूले सन् २०२५ सम्ममा मात्र ४२ देखि ४३ बिलियन आम्दानी उत्पन्न गर्ने अपेक्षा गरेको छ भने जुन सन् २०३५ सम्ममा ४१.४ ट्रिलियन पुग्ने अनुमान गरिएको छ।
त्यसैगरी मुख्यतया साझेदारहरूसँगको LLaMA जेनेरेटिभ मोडेलको इजाजतपत्र, साथै च्याटबोट कुराकानीको समयमा भविष्यमा विज्ञापनबाट आम्दानीहरू आउने अपेक्षा गरिएको छ।
मेटाले यी कन्भर्सेसनहरूमा विज्ञापनहरू कहिले र कसरी एकीकृत गरिनेछ भन्ने बारेमा टिप्पणी नगरेको भए तापनि आधिकारिक कागजातहरूले प्रायोजित जवाफहरू र सदस्यता विकल्पहरूलाई भविष्यको रणनीतिको भागको रूपमा विचार गरिँदैछ भनी उल्लेख गरेको टेलीग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: २२ असार २०८२, आईतवार