
काठमाडौं ।
गत महिना अमेरिकी राष्ट्रपति ट्रम्पले चीनस्थित कम्पनी बाइटडान्सलाई टिकटकको अमेरिकी सम्पत्ति बेच्नको लागि दिएको समयसीमा सेप्टेम्बर १७ सम्म लम्ब्याएका थिए।
यो वसन्त ऋतुमा टिकटकको अमेरिकी सञ्चालनलाई एक नयाँ अमेरिकी कम्पनीमा रूपान्तरण गर्ने सम्झौता तयार भइरहेको थियो। उक्त कम्पनीमा बहुमत स्वामित्व र सञ्चालन अमेरिकी लगानीकर्ताहरूको हुने योजना थियो। तर, ट्रम्पले चिनियाँ सामानमा उच्च महसुल घोषणा गरेपछि चीनले त्यस सम्झौतालाई स्वीकृति नदिने संकेत दिएपछि यो प्रक्रिया रोकिएको थियो।
अमेरिकाले चीनबाट उक्त सम्झौताको स्वीकृति लिनुपर्ने सम्भावना रहेको ट्रम्पले भनेका छन्।
रोयटर्सका अनुसार पत्रकारले चीनले सम्झौतामा सहमति जनाउने कुरामा उनी कति आशावादी छन् भनेर सोधेपछि ट्रम्पले भने, “म विश्वस्त छैन, तर मलाई लाग्छ सहमति हुन्छ। राष्ट्रपति सी र मेरो राम्रो सम्बन्ध छ, र मलाई लाग्छ यो सम्झौता चीनका लागि पनि राम्रो हो, र हाम्रो लागि पनि।”
प्रकाशित: २२ असार २०८२, आईतवार