के एप्पलले मानव आँखा बराबरको डाइनामिक रेञ्ज भएको क्यामरा बनाइरहेको छ?

  • Technology Khabar | २२ असार २०८२, आईतवार

काठमाडौं ।

एप्पलले भविष्यका आईफोनहरूमा क्यामरा परिवर्तन गर्ने तरिकाहरूको बारेमा विचार गरिरहेको बताइएको छ।

एउटा रिपोर्टले क्युपर्टिनो टेक जायन्टले आफ्नो फोनहरूलाई मानव आँखाको डाइनामिक रेञ्जको स्तरको साथ फोटो र भिडियोहरू खिच्न सक्ने लायकको बनाउन चाहेको महत्वाकांक्षी योजनाबारे खुलासा गरेको छ।

मानव आँखाको डाइनामिक रेञ्ज लगभग (अनुमानित) लगभग २० वा ३० स्टप्स भएको रिपोर्ट गरिएको छ। साथै यो समयसँगै आँखाको नानी कसरी अनुकूल हुन्छ र प्रकाश कसरी प्रशोधन गरिन्छ भन्ने कुरामा निर्भर गर्नेछ।

यसैबीच, हाल उपलब्ध भएका क्यामराहरूले १० देखि १३ स्टप्स बीच फोटो खिच्ने गरेका छन्।

सेन्सरले पत्ता लगाउन सक्ने सबैभन्दा गाढा छायाँ र उज्यालो हाइलाइटहरू बीचको ब्राइटनेस चेञ्ज (चमक परिवर्तन) को स्टेप्स (चरण) वा लेभल्स (स्तरहरू) वर्णन गर्नको लागि ‘स्टप्स’ शब्द प्रयोग गरिन्छ।

यदि एप्पलले वास्तवमै यो सफलता हासिल गरेको खण्डमा भने यसले धेरै व्यावसायिक क्यामराहरूलाई पार गर्ने टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २२ असार २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...