सामसङले आफ्नो ट्राइ फोल्ड स्मार्टफोनको झलक देखाउँदै, मूल्य भने सस्तो नहुने

  • Technology Khabar | २१ असार २०८२, शनिबार
सामसङले आफ्नो ट्राइ फोल्ड स्मार्टफोनको झलक देखाउँदै, मूल्य भने सस्तो नहुने

काठमाडौं ।

सामसङ ग्यालेक्सी अनप्याक्ड कार्यक्रम केही दिनमै हुँदैछ जहाँ कम्पनीले नयाँ फोल्ड र फ्लिप मोडेलहरू सार्वजनिक गर्नेछ। तर, न्यूयोर्कमा हुने सोही कार्यक्रममा सामसङको पहिलो ट्राइ-फोल्ड डिभाइसको छोटो झलक देखाइने चर्चा चुलिएको छ।

न्युज१८ का अनुसार कम्पनीले आफ्नो नयाँ उत्पादनको चासो बढाउन सो प्लेटफर्म प्रयोग गर्न सक्छ जुन उसले यसअघि जनवरीमा भएको ग्यालेक्सी एस२५ एज सार्वजनिक कार्यक्रममा पनि गरेको थियो र त्यसपछि फेब्रुअरीमा एमडब्लूसी २०२५ मा यसको डेमो प्रस्तुत गरेको थियो।

तर यो नयाँ डिभाइसको मूल्य कति पर्न सक्छ भन्ने कुरामा पनि धेरैको चासो छ, किनभने यसको विशेष डिजाइन र नविन प्रविधिका कारण यसले ह्वावेले पहिले नै बजारमा ल्याएको ट्राइ-फोल्ड फोनसँग प्रतिस्पर्धा गर्नेछ।

सामसङको ट्राइ-फोल्ड डिभाइस अझैसम्म फिचर र हार्डवेयरका हिसाबले रहस्यकै रुपमा रहेको भए तापनि हालै एउटा नयाँ लिकले यसको सम्भावित मूल्यबारे संकेत गरेको छ।

दक्षिण कोरियाबाट प्राप्त विवरणअनुसार सामसङ ट्राइ-फोल्डको मूल्य झण्डै ३,००० अमेरिकी डलर (करिब २ लाख ५६ हजार रुपैयाँ) हुन सक्नेछ, जुन मूल्य एप्पल भिजन प्रोकै हाराहारी हो।

नयाँ फोल्डेबल डिजाइनको प्रयोग हुनुको मतलब स्क्रिन नै फरक हुनेछ, जसले लागत बढाउँछ। सामसङले यस्तो अनौठो डिभाइसको डिजाइन र निर्माण लागतलाई पनि ध्यान दिनुपर्छ, र यी सबैलाई एउटै डिभाइसमा समेट्दा मूल्य अत्यन्तै महँगो पर्नेछ। रिपोर्टअनुसार, यस्तो मूल्यका कारण सामसङले यो डिभाइसको उपलब्धता चीन र आफ्नै गृहबजार दक्षिण कोरिया सीमित राख्न सक्नेछ।

प्रकाशित: २१ असार २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...