नेपाल इन्जिनियरिङ कलेज र नेपाली वास्तुविद् समाज बीच समझदारी

  • Technology Khabar | १९ असार २०८२, बिहीबार
नेपाल इन्जिनियरिङ कलेज र नेपाली वास्तुविद् समाज बीच समझदारी

काठमाडौं ।

नेपाल इन्जिनियरिङ कलेज (नेक) र नेपाली वास्तुविद् समाज (सोना) बीच शैक्षिक तथा व्यवसायिक गतिविधि सञ्चालन गर्नका लागि शैक्षिक समझदारी कायम भएको छ। नेक र सोना विचको शैक्षिक साझेदारीले नेकमा शैक्षिक तथा व्यावसायिक गतिविधिहरूलाई थप समृद्ध बनाउने अपेक्षा गरिएको छ।

समझदारी पत्रका कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारी तथा साेनाका अध्यक्ष इश्वर लाल जाेशीले हस्ताक्षर गरेका छन्। समझदारी अनुसार कलेजमा अनुसन्धान, वर्कशप, सेमिनार र विद्यार्थी संलग्नता कार्यक्रमहरूमा सहकार्यको ढोका खोल्ने कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले बताए।

समझदारीमा इन्जिनियरिङ र वास्तुकलामा नविनता प्रवर्द्धन गरिने, सीप विकास कार्यक्रम, दिगो र व्यवहारिक डिजाइनको प्रवर्द्धन गरिने, उद्योग र शिक्षाक्षेत्र बीचको सम्बन्ध मजबुत पार्ने तथा र विद्यार्थीको सिकाइका लागि विज्ञ वक्ताहरू विच अन्तरकृया, गोष्ठिहरू सञ्चालन गरिने उल्लेख छ।

यो समझदारी पत्रले नेपालमा इन्जिनियरिङ र वास्तुकला शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने दिशामा एउटा महत्वपूर्ण कदम चालेको बताइएको छ।

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित कलेजले इन्जिनियरिङ र वास्तुकलाका विद्यार्थीहरूको सिकाइका लागि विभिन्न शैक्षिक संस्थाहरूसँग सहकार्य गर्दै आइरहेको जनाएको छ।

प्रकाशित: १९ असार २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...