एभरेस्ट स्कुलमा श्रृजनात्मक विज्ञान प्रदर्शनी सम्पन्न

  • Technology Khabar | १८ असार २०८२, बुधबार
एभरेस्ट स्कुलमा श्रृजनात्मक विज्ञान प्रदर्शनी सम्पन्न

काठमाडौं ।

“विज्ञान पढेर होइन, गरेर सिकिन्छ” भन्ने प्रेरणादायी मूल आदर्श वाक्यका साथ एभरेस्ट स्कुलले विज्ञान क्षेत्रको अग्रणी संस्था न्यात-पोलको सहकार्यमा एक विशेष विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना गरेको छ।

उक्त प्रदर्शनीमा कक्षा २, ३ र ८ का विद्यार्थीहरूले आ–आफ्ना सृजनात्मक कार्यहरू प्रस्तुत गरे। प्रदर्शनीमा बालबालिकाले आफ्नै प्रयासमा तयार गरेका वैज्ञानिक उपकरणहरू, प्रयोगात्मक नमुनाहरू, तथा दैनिक जीवनसँग सम्बन्धित नवीन आविष्कारहरू प्रस्तुत गरिएको थियो।

विद्यालयकाअनुसार, कक्षा २ र ३ का नानीहरूले बनाएका सरल यन्त्रहरू, वातावरणीय सन्देशयुक्त चित्रहरू, रिसाइक्लिङ मेशिन मोडल, तथा हातले चलाउने सामग्रीहरू निकै आकर्षक थिए। त्यस्तै, कक्षा ८ का विद्यार्थीहरूले सोलार सिस्टम मोडेल, जल शुद्धीकरण विधि, ऊर्जा रूपान्तरणको प्रक्रिया, र सेन्सर प्रविधि प्रयोग जस्ता उन्नत स्तरका वैज्ञानिक प्रयोगहरू प्रस्तुत गरी सबैको ध्यान तान्न सफल भए।

कार्यक्रमको उद्घाटन गर्दै स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विज्ञानको विकास विना राष्ट्रको समग्र विकास सम्भव नरहेको उल्लेख गरे। उनले भने, “यस्ता प्रदर्शनीहरूले विद्यार्थीहरूमा विज्ञान र अनुसन्धानप्रति रुचि जगाउँछ। तिनको सोचलाई व्यवहारिक बनाउने वातावरण प्रदान गर्नुपर्छ र यिनै प्रयासहरूबाट भविष्यका वैज्ञानिकहरू जन्मिन्छन्।”

कार्यक्रमले बालबालिकामा रहेको वैज्ञानिक सोच, सिर्जनात्मकता, र प्राविधिक दक्षतालाई उजागर गर्न महत्वपूर्ण योगदान पुर्याएको एभरेस्ट स्कुलले जनाएको छ।

प्रकाशित: १८ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...