Technology Khabar १८ असार २०८२, बुधबार
काठमाडौं ।
काठमाडौँ महानगरपालिले आफ्नो क्षेत्र अन्तर्गतका संस्थागत शिक्षण संस्थामा यसअघि झैं छात्रवृत्ति दिने भएको छ।
‘काठमाडौँ महानगरपालिका अन्तर्गतका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८२ / ०८३ मा कक्षा ११ १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने भएकाले देहायको तालिका बमोजिम परीक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित विद्यार्थी तथा अभिभावकहरूमा जानकारी गराइन्छ, सूचनामा भनिएको छ।
महानगरपालिकाको वेबसाइट https://kathmandu.gov.np वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ।
परीक्षा तालिका यसप्रकार छ:
१) अनलाइन आवेदन फाराम भर्न सुरू हुने मिति: २०८२ असार १८ गतेदेखि
२) अनलाइन आवेदन फाराम भर्ने अन्तिम मिति: २०८२ असार २७ गते राति ११:५९ बजेसम्म
३) छात्रवृत्तिका लागि परीक्षा सञ्चालन हुने: २०८२ साउन ३ गते बिहान ०८:०० बजेदेखि १०:०० बजेसम्म
परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने महानगरपालिकाले जनाएको छ। यसबाहेक विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्र सम्बन्धी अन्य विवरण पछि प्रकाशन गरिनेछ।
प्रकाशित: १८ असार २०८२, बुधबार