न्यायपालिकाले छिटो न्याय दिनका लागि प्रविधिको प्रयोग गर्दै आएको छ: कानुनमन्त्री चौरसिया

  • Technology Khabar | १८ असार २०८२, बुधबार
न्यायपालिकाले छिटो न्याय दिनका लागि प्रविधिको प्रयोग गर्दै आएको छ: कानुनमन्त्री चौरसिया

काठमाडौं ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले न्यायपालिका छिटो, छरितो र प्रविधिमैत्री बन्दै गएको बताएका छन्।

राष्ट्रियसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले न्यायपालिकाको पाँचौ पञ्चवर्षीय रणनीतिक योजनाले न्याय छिटो, छरितो र प्रविधिमैत्री बनाउँदै आएको बताए।

“न्यायपालिले छिटो न्याय दिनका लागि प्रविधिको प्रयोग गर्दै आइएको छ। अनलाइन मुद्दा दर्ता, मुद्दाको अवस्था बुझ्ने र भिडियोमार्फत सुनुवाइको काम भइरहेको छ। यसै विषयलाई ध्यानमा राखेर न्यायपालिकाको बजेट विनियोजन गरिएको छ”, मन्त्री चौरसियाले भने।

जातजाति, धार्मिक, सांस्कृति विभेद तथा छुवाछूत र भेदजन्य कार्यविरुद्धको कानुनी व्यवस्था कार्यान्वयनमा जोड दिइएको भन्दै उनले निजामती तथा सरकारी सेवामा दलितको कोटा निर्धारण गरेर सहभागिता बढाउँदै लगिएको उल्लेख गरे।-रासस

प्रकाशित: १८ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...