माइक्रोसफ्टले पासवर्डहरू डिलिट गर्दैछ, यसरी जोगाउनुहोस्

Technology Khabar १८ असार २०८२, बुधबार

काठमाडौं ।

माइक्रोसफ्टले अर्को महिनासम्ममा अथेन्टिकेटर एपमा स्टोर (भण्डारण) गरिएका सबै पासवर्डहरू डिलिट गर्ने (मेटाउने) भएको छ।

यस कदमसँगै, माइक्रोसफ्ट अब क्लासिक पासवर्ड बिनाको भविष्यको आफ्नो दृष्टिकोणको नजिक पुगिरहेको रिपोर्ट गरिएको छ।

पासवर्ड म्यानेजमेण्ट एप प्रयोग गर्ने सबै प्रयोगकर्ताहरूसँग महत्त्वपूर्ण खाताहरूमा पहुँच गुमाउनबाट बच्नको लागि केही हप्ताहरू मात्र उपलब्ध भएको उल्लेख गरिएको छ।

एउटा फराकिलो रणनीतिको हिस्सा मानिएको यो परिवर्तनको साथ माइक्रोसफ्टले परम्परागत पासवर्डहरूको प्रयोग हटाउन चाहेको उल्लेख गरिएको छ। परम्परागत पासवर्डहरू प्रायः फिसिङ र ह्याकिङ आक्रमणहरूको लक्ष्य हुने गरेका छन्।

कम्पनीले प्रयोगकर्ताहरूलाई पासवर्ड टाइप गर्नुको सट्टा फिङ्गरप्रिन्ट, पिन वा डिभाइस बायोमेट्रिक्स मार्फत काम गर्ने पासकीहरूमा स्विच गर्न प्रोत्साहित गरिरहेको छ।

प्रयोगकर्ताहरूले के गर्नुपर्छ?

अथेन्टिकेटर एपबाट माइक्रोसफ्ट एजमा पासवर्डहरू स्थानान्तरण गर्नुहोस्ः
प्रयोगकर्ताहरूले अथेन्टिकेटरबाट आफ्नो पासवर्डहरू एज ब्राउजरसँग सिङ्क गर्न सक्नेछन्। यसको लागि एप खोल्नु पर्नेछ र एज भित्र सेक्योर स्टोरेज स्पेस (सुरक्षित भण्डारण ठाउँ) मा पासवर्डहरू स्थानान्तरण गर्न “टर्न अन एज” विकल्प सक्षम गर्नु पर्नेछ।

पासकी एक्सेस प्रयोग गर्न सुरु गर्नुहोस्ः
माइक्रोसफ्टले प्रयोगकर्ताहरूलाई आउटलुक, माइक्रोसफ्ट ३६५ र एक्सबक्स जस्ता आफ्ना सबैभन्दा महत्त्वपूर्ण खाताहरूलाई बिस्तारै पासकोड साइन–इनमा रूपान्तरण गर्न सिफारिस गर्दछ। यो प्रणाली बढी सुरक्षित र आक्रमणहरू प्रति बढी प्रतिरोधी हुने जनाइएको छ।

पासवर्डहरू ब्याकअप गर्नुहोस्ः
पासवर्डहरू एजमा स्थानान्तरण गरिने भए पनि प्रयोगकर्ताहरूलाई डाटा लस (नोक्सान) बाट बच्नको लागि अतिरिक्त प्रतिलिपि बनाउन सल्लाह दिइएको छ।

अथेन्टिकेटर एपबाट पासवर्डहरू मेटाउनुहोस्ः

सफल स्थानान्तरण पछि, प्रयोगकर्ताहरूले अथेन्टिकेटरद्वारा भण्डारण गरिएका पासवर्डहरू हटाउनु पर्छः

सेटिङ्गस → अटोफिल → अकाउण्ट सिङ्क → सिङ्क गर्न रोक्नुहोस् र अटोफिल डाटा हटाउनुहोस्।

अथेन्टिकेटर पासवर्डहरू सन् २०२५ को अगस्ट महिनाको पहिलो भागमा (जुन महिनाको अन्त्यको ६ हप्ता भित्र) मेटिने अपेक्षा गरिएको छ। यस अवधि पछि, प्रयोगकर्ताहरूले पहिले स्थानान्तरण नगरेसम्म तिनीहरूको पासवर्डहरूमा पहुँच प्राप्त नगर्ने टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १८ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया