Technology Khabar १७ असार २०८२, मंगलवार
काठमाडौं ।
मंगलबार हाइजियन हेलाई कम्पनीको प्रमुख वित्तीय अधिकृत सीएफओमा तत्कालै लागू हुनेगरी नियुक्त गरिएको चिनियाँ सर्च इन्जिन कम्पनी बाइदुलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।
कम्पनीका अनुसार, गत वर्ष अक्टोबरदेखि कार्यवाहक सीएफओका रूपमा रहेका जुनजिए हे अब वरिष्ठ उपाध्यक्षको भूमिकामा रहनेछन्।
बाइदु चीनको प्रमुख प्रविधि कम्पनी हो जसले विशेष गरी इन्टरनेट सेवाहरू र कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा काम गर्छ। सन् २००० मा रोबिन ली र एरिक झूले स्थापना गरेको यो कम्पनी चीनको सबैभन्दा ठूला सर्च इन्जिनहरू मध्ये एक हो, जसलाई प्रायः “चिनियाँ गुगल ” पनि भनिन्छ।
बाइदुले वेब सर्चबाहेक नक्सा सेवा, अनुवाद सेवा, क्लाउड कम्प्युटिङ, स्मार्ट स्पीकर, र स्वचालित सवारी प्रविधिमा समेत उल्लेखनीय प्रगति गरेको छ। पछिल्ला वर्षहरूमा कम्पनीले एआई र जेनेरेटिभ एआईमा ठूलो लगानी गर्दै आएको छ र यसको अर्नी नामक भाषा मोडेललाई चीनको प्रतिस्पर्धात्मक एलएलएमको रूपमा विकास गरिरहेको छ।
चीन सरकारको नियमनबीच पनि बाइदुले आफ्नो सेवा विस्तार गर्दै चीनभित्रको डिजिटल अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको छ।
प्रकाशित: १७ असार २०८२, मंगलवार