के तपाईं आफ्नो सपनालाई चलचित्रको रूपमा हेर्न चाहनुहुन्छ? एआईले यसलाई सम्भव बनाउँदैछ

  • Technology Khabar | १६ असार २०८२, सोमबार
के तपाईं आफ्नो सपनालाई चलचित्रको रूपमा हेर्न चाहनुहुन्छ? एआईले यसलाई सम्भव बनाउँदैछ

काठमाडौं ।

एउटा डच कम्पनीले निर्माण गरेको “डु इट योरसेल्फ” डिभाइसले प्रयोगकर्ताहरूलाई अघिल्लो रात आफ्नो सपनामा देखेको कुरा चित्रण  गर्न सघाउने भएको छ।

कम्पनीले सपना रेकर्ड गर्नको लागि आर्टिफिशियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्ने तरिका विकास गरेको हो।

एम्स्टर्डममा आधारित थिंक ट्याङ्क र डिजाइन स्टुडियो ‘मोडेम वक्र्स’ ले ड्रीम रेकर्डरले “अल्ट्रा–लो डेफिनिशन” र कुनै पनि भाषामा सपनाहरू कैद गर्न सक्ने दाबी गरेको छ।

“उठ्नुहोस्, आफ्नो सपना ठूलो स्वरमा भन्नुहोस् … र यसलाई आफ्नो वास्तविक जीवनमा हेर्नुहोस्”,  परियोजनाको वेबसाइटमा उल्लेख गरेको बताइएको छ।

यसले कसरी काम गर्छ?

मोडेम वर्क्सले “डु इट योरसेल्फ बाइ डिजाइन” भनी परियोजनालाई उल्लेख गरेको छ।

यसले प्रयोगकर्ताहरूलाई आफ्नो सपना सम्झिँदै आफैंले रेकर्ड गर्न आग्रह गर्ने र त्यसपछि सपना चलचित्रको रूपमा उत्पन्न हुने युरोन्यूजले रिपोर्ट गरेको छ।

कम्पनीले गिटहबमा ओपन–सोर्स (खुला स्रोत) कोड प्रकाशित गरेको बताइएको छ। यस प्लेटफर्ममा प्रोग्रामरहरूले आफ्ना परियोजनाहरू साझा गर्ने गरेका छन्।

ड्रीम रेकर्डरको लागि सूचीबद्ध पार्टहरूमा एचडीएमआई डिस्प्ले, ८ गिगाबाइट प्रोसेसर, माइक्रो एसडी कार्ड र यूएसबी माइक्रोफोन समावेश रहेका छन्।

ड्रीम रेकर्डर बनाउनको लागि सबै पार्टहरूको अनुमानित लागत लगभग २८५ यूरो रहेको विकासकर्ताहरूले बताएका छन्।

डिभाइजरहरूले सपनाको लागि तस्बिरहरू उत्पन्न गर्ने मद्दतको लागि ओपनएआई र एआईभिडियो उत्पादन कम्पनी लुमाल्याब्सको एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) लाई पनि भुक्तानी गर्नु पर्ने आवश्यकता रहेको उल्लेख गरिएको छ।

विकासकर्ताहरूले तस्बिर गुणस्तरमा निर्भर गर्दै युसको मूल्य प्रति सपना ०.०१ वा ०.१४ अमेरिकी डलर भन्दा कम हुने अनुमान गरेको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १६ असार २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...