चीनमा लामखुट्टे जस्तो देखिने ‘सानो जासूसी ड्रोन’ सार्वजनिक

  • Technology Khabar | १६ असार २०८२, सोमबार
चीनमा लामखुट्टे जस्तो देखिने ‘सानो जासूसी ड्रोन’ सार्वजनिक

काठमाडौं ।

चीनको एक सैन्य अनुसन्धान संस्थाले लामखुट्टे जस्तो देखिने जासूसी ड्रोन विकास गरेको छ। राज्य समर्थित टेलिभिजन सीसीटीभी–७ मा जुन २० तारिखमा उक्त सानो बायोनिक रोबोट प्रस्तुत गरिएको छ।

यो डिभाइस कठिन भूभागमा जासूसी र निगरानी अभियानहरूको लागि डिजाइन गरिएको बताइएको छ।

यो प्रविधि युद्धभूमिमा प्रयोगको लागि विशेष गरी उपयुक्त हुने राष्ट्रिय रक्षा विश्वविद्यालयका विद्यार्थी लियाङ हेक्सियाङले बताएका छन्।

यो ड्रोन हल्का तौलका साथै अदृश्य भएकाले संवेदनशील लक्ष्यहरू नजिक चुपचाप सञ्चालन गर्न सकिने थप उल्लेख गरिएको छ। लगभग २ सेन्टिमिटर लामो र केवल ०.३ ग्राम तौल भएको कीराबाट प्रेरित यस डिभाइसमा दुई साना पखेटा र तीन पातला खुट्टाहरू छन्।

डिभाइसको पखेटाहरू प्रति सेकेन्ड ५०० पटक फट्फटाउन सक्ने कोरियाली अखबार चोसुन इल्बोले उल्लेख गरेको छ।

त्यसैगरी स्टिक–थिन बडि (पातलो शरीर) गोप्य निगरानी र अन्य सैन्य अपरेशनहरूको लागि लक्षित सेन्सरहरूले भरिएको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १६ असार २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...