भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वमन्त्री बस्नेत बयानका लागि पु्गे विशेष अदालत, आजै थुनछेक बहस हुने

  • Technology Khabar | १५ असार २०८२, आईतवार
भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वमन्त्री बस्नेत बयानका लागि पु्गे विशेष अदालत, आजै थुनछेक बहस हुने
फाइल फोटो

काठमाडौं ।

टेरामोस प्रविधि खरिदका क्रममा भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेत आज विशेष अदालतमा हाजिर भएका छन्।

अहिले विशेष अदालतमा तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बस्नेतले बयान दिइरहेका छन्। पूर्वमन्त्री बस्नेतले आफैंले विशेष अदालतमा उपस्थित हुन पाँउ भनी निवेदन दिएपछि बयानका लागि बोलाइएको हो।

सम्बन्धित समाचार

टेरामोस प्रकरणमा पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध ३ अर्बमाथि बिगो दावी सहित मुद्दा दायर

बयान सकिएपछि आज नै थुनछेक बहस हुने तयारी विशेष अदालतले गरेको छ।

बस्नेत सञ्चार तथा सूचना प्रविधिमन्त्री भएका बेला उनैको निर्णयबाट टेरामक्स प्रविधि खरिदको निर्णय भएको थियो।

गत जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामोस प्रकरणमा पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध ३ अर्बमाथि बिगो दावी सहित मुद्दा दायर गरेको थियो। मुद्दा दायर भएलगत्तै उनको सांसद पद निलम्बन भएको थियो।

प्रकाशित: १५ असार २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...