Technology Khabar १५ असार २०८२, आईतवार
काठमाडौं ।
हुम्लाको चङ्खेली गाउँपालिकाका बासिन्दालाई मोबाइलमा कुरा गर्नु पर्दा रुत्वमा चढ्नुपर्ने बाध्यता छ। सदरमुकाम सिमकोटबाट करिब ४८ कोष टाढा रहेको दक्षिण क्षेत्रको चङ्खेली गाउँपालिकाका स्थानीयवासीलाई अहिले पनि रुखमा चढेर फोन गर्नुपर्ने बाध्यता छ।
गाउँपालिकाले पायक पर्ने स्थानमा टावर नराखेका कारण होचो खोचमा रहेको गाउँबस्तोमा सहज रूपमा फोन नलाग्ने समस्या छ। पटक पटक सरोकारवालालाई समस्या दर्शाउँदा पनि समाधान नभएको स्थानीयवासीको गुनासो छ।
बर्सौंदेखिको नेटवर्क समस्या यथावत् रहेको पीडा उनीहरूसँग छ। गाउँपालिका केन्द्र मात्रै नभएर प्रायः ठाउँका ग्रामीण क्षेत्रमा हालसम्म पनि टावरका कारण नेटवर्कमा समस्या आइरहन्छ। नेटवर्कले काम नगर्दा टावर खोज्न अग्लो स्थान या रुखमा चढ्नुपर्ने बाध्यता छ।
स्वदेश तथा विदेशमा रहेका आफन्तसँग कुराकानो गर्न टावरले टिप्ने ठाउँ खोज्दै रुत्वमा चढ्ने गरेको स्थानीय बसुना तामाङले गुनासो गरिन्। सूचनाको माध्यम फोन नै नचलेपछि जनप्रतिनिधि र कर्मचारी भए/नभएको अनुमानकै भरमा गाउँपालिका केन्द्र पुग्नुपर्ने तामाङको गुनासो छ।
गाउँपालिका केन्द्रमा नेटवर्कको पहुँच हुनेगरी नेपाल टेलिकमले फोरजी टावर निर्माण प्रक्रिया अघि बढाइसकेको जनाएको छ।
पालिकाकै मेलछाममा रहेको नेपाल टेलिकमको टेलिफोन टावरमा समस्या आउँदा सूचना आदनप्रदानमा समस्या भएको छ। गाउँपालिका केन्द्र पिप्लाङमा अझै सञ्चार सुविधा छैन। गाउँपालिका केन्द्र सञ्चारविहीन अवस्थामा रहँदा दैनिक काममा समेत प्रभाव परिरहेको छ।
गाउँपालिकाका विभिन्न स्थानमा टेलिफोन टावर भए पनि गाउँपालिका केन्द्रमा कुनै पनि सञ्चार कम्पनीको टावरले काम नगरेका कारण अझै गाउँपालिका केन्द्र सञ्चार सम्पर्कबाट टाढा छ। गाउँपालिका केन्द्रमा सञ्चार सुविधा नहुँदा दैनिक कार्य सम्पादनमा कठिनाइ भएको गाउँपालिकाका अध्यक्ष प्यारेलाल शाहीले बताए।
गाउँपालिका कार्यालयमा राखिएको टेलिफोनले काम नगर्दा कुरा गर्न डाँडातिर धाउनुपर्ने बाध्यता पनि छ। जनताका गुनासा र समस्या धेरै जसो फोनमै समाधान हुने भए पनि सञ्चार सुविधा नहुँदा सर्वसाधारणले गाउँपालिका नै धाउनुपर्ने बाध्यता रहेको अध्यक्ष शाहीको भनाइ छ।
गाउँपालिकामा अहिले जडान गरेको इन्टरनेट भरलाग्दो नभए पनि जेनतेन काम चलाएर कार्यालयका पत्र आदानप्रदान गरिँदै आएको प्रमुख प्रशासकीय अधिकृत दीपक गिरीले बताए। गाउँपालिकाले निजी कम्पनोको वायरलेस इन्टरनेट जडान गरे पनि प्रभावकारी नहुँदा इन्टरनेट नभएकै कारण लामो समयसम्म गाउँपालिका केन्द्रमा बैंकको शाखासमेत खुल्न सकेको छैन।
सूचना र सञ्चारका अभाव रहेको गाउँपालिकामा टेलिफोनको टावरमा समस्या आउँदा गाउँपालिकामा हुने विभिन्न कामसमेत ठप्प हुँदै गएका छन्। गाउँपालिकाको केन्द्रमा टेलिफोनको समस्या भएपछि गाउँ र जिल्लाबाहिर भएका नागरिकलाई सम्पर्क गर्नसमेत समस्या भएको छ। पालिका केन्द्रमा टेलिफोनको समस्या आएदेखि दुई क घण्टा पैदल हिँडेर दार्माबाट टेलिफोन गर्नुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन्। आजको गोरखापत्रबाट
प्रकाशित: १५ असार २०८२, आईतवार