‘भेप’ आयात तथा विक्रीमा प्रतिबन्ध नलगाउन उच्च अदालतको आदेश

  • Technology Khabar | १५ असार २०८२, आईतवार
‘भेप’ आयात तथा विक्रीमा प्रतिबन्ध नलगाउन उच्च अदालतको आदेश

काठमाडौं ।

विद्युतीय चुरोट ‘भेप’ आयात तथा विक्री वितरणमा सरकारले प्रतिबन्ध लगाउने नपाउने भएको छ। उच्च अदालतले विद्युतीय चुरोट ‘भेप’ आयात तथा विक्री वितरणमा कुनै रोकतोक नगर्न सरकारलाई आदेश दिएको हो।

यसअघि, स्वास्थ्य मन्त्रालयले विद्युतीय चुरोट (भेप) मा प्रतिबन्ध लगाउन खोजेको थियो।

अर्थ मन्त्रालय, भन्सार विभाग लगायतले भेपको आयात रोकेको भन्दै भेप मान्डु ट्रेडर्सले सञ्चार र अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय, भन्सार तथा वाणिज्य विभाग समेतलाई विपक्षी बनाएर उच्चमा रिट दायर गरेको मुद्दामा सुनुवाई गर्दै उच्चका न्यायाधीशद्वय कविप्रसाद न्यौपाने र हेमन्त रावलको संयुक्त इजलासले भेप आयात तथा बिक्रीको बाटो खुला गरिदिएको हो ।

आयात तथा बिक्रीमा अदालतले कुनै अवरोध नगर्न भनेको छ। विद्युतीय चुरोट वा भेप प्रतिवन्धको प्रयास स्वरूप स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउदै सम्बद्ध निकायहरूलाई परिपत्र गरेको थियो।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ को नियम २८ को उपनियम ३ अनुसार ‘कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, विक्री वितरण, सार्वजनिक स्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चार माध्यमबाट प्रवर्धन तथा विज्ञापन गर्न पाउने छैन’ भनी उल्लेख भएकाले सो को पालना गराउन पत्राचार गरिएको केन्द्रले बताउँदै आएको छ।

केन्द्रले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार विभाग, उद्योग तथा आपूर्ति मन्त्रालय र वाणिज्य तथा उपभोक्ता संरक्षण विभागलाई परिपत्र गरिएको थियो।

स्वास्थ्य मन्त्रालयले गरेको पत्राचारका आधारमा भन्सारहरुले भेपको भन्सार जाँच पास रोकेका थिए।

प्रकाशित: १५ असार २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार