विश्वव्यापी बजारमा विन्डोज १० को प्रभुत्व कायमै

Technology Khabar १५ असार २०८२, आईतवार

काठमाडौं ।

माइक्रोसफ्टले विन्डोज १० को लागि निःशुल्क अपडेटहरू सन् २०२६ सम्म विस्तार गर्ने घोषणा गरेको छ। साथै यो अपरेटिङ सिस्टमले अझै पनि विश्वव्यापी बजारमा प्रभुत्व जमाइ रहेको स्टेटकाउन्टर डाटाले देखाएको उल्लेख गरिएको छ।

विन्डोज १० को विश्वव्यापी बजार हिस्सा लगभग ५३ प्रतिशत (मे २०२५) रहेको छ भने वन्डोज ११ को हिस्सा ४३ प्रतिशत पुगेको रिपोर्ट गरिएको छ।

विन्डोज १० को लागि समर्थनको आधिकारिक अन्त्य मिति सन् २०२५ को अक्टोबर १४ तारिखसम्मको रहेको छ। तर प्रयोगकर्ताहरूले अब एक्स्टेन्डेड सेक्योरिटी अपडेट (ईएसयू) कार्यक्रम मार्फत थप अपडेटहरू प्राप्त गर्न सक्ने भएका छन्।

त्यसैगरी विकल्पहरूमा प्रति वर्ष ३० अमेरिकी डलर तिर्ने, विन्डोज ब्याकअपको लागि साइन अप गर्ने, वा १,००० माइक्रोसफ्ट रिवार्ड पोइन्टहरू प्रयोग गर्ने जस्ता सुविधाहरु समावेश गरिएका छन्।

यो निजी प्रयोगकर्ताहरूको लागि निःशुल्क उपलब्ध हुनेछ भने कम्पनीहरू र शैक्षिक संस्थाहरूले अझै पनि ईएसयू कार्यक्रमको लागि शुल्क तिर्नुपर्ने उल्लेख गरिएको छ।

माइक्रोसफ्टले प्रयोगकर्ताहरूलाई ईएसयू कार्यक्रममा पहुँचको बारेमा जानकारी दिने र आगामी महिनाहरूमा नियमित प्रयोगकर्ताहरूलाई व्यापक वितरणको अपेक्षा गरिएको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १५ असार २०८२, आईतवार

तपाइको प्रतिक्रिया