
काठमाडौं ।
नेपालको कृषि क्षेत्रको भविष्यलाई आर्टिफिसियल इन्टेलिजेन्सले कसरी आकार दिइरहेको छ भन्नेबारे राजधानीमा सुरु भएको अन्तरक्रियात्मक र छलफल कार्यक्रम सम्पन्न भएको छ।
ए²–एग्री एण्ड एआई इनोभेसन स्टोरीटेलिङ (जुन २६–२७, २०२५) नामक दुई दिने कार्यक्रमको अन्तिम दिनको कार्यक्रम शुक्रबार धर्मस्थलीस्थित नर्म एग्रो फार्ममा आयोजना गरिएको हो। एआई–सञ्चालित बाली अनुगमन र पशुधन व्यवस्थापन प्रणालीहरूको प्रत्यक्ष प्रदर्शनमा कार्यक्रम केन्द्रित रहेको थियो।
कार्यक्रमको दोस्रो दिनमा किसान, वैज्ञानिक र युवा उद्यमीहरूसँग अन्तरक्रियात्मक छलफलहरू गर्दै रियल वर्ल्ड एप्लिकेशनहरूको बारेमा चर्चा गरिएको थियो।
नयाँ सोचका साथै नवाचार विचार हुने जो कोहीका लागि यो एआई ल्याब खुल्ला भएको नर्म एग्रो फार्मका विपेन्द्र बस्नेतले जानकारी दिए। हाल उक्त एग्रो फार्ममा काउली खेती र पोल्ट्रि फार्ममा रहेका समस्याहरुको पहिचान गरी निवारण गर्ने कार्यको बारेमा अध्ययन भइरहेको उनले बताए।
कार्यक्रममा संयम सापकोटा, निश्चल घिमिरे र जोन कार्कीले काउली खेती र पोल्ट्रि फार्ममा प्रविधि र एआईलाई कृषिसँग कसरी जोड्न/प्रयोग गर्न सकिन्छ भनेर प्रस्तुति दिएका थिए।
उनीहरुले पोल्ट्रि फार्म (कुखुरा पालन) मा एआई शिर्षकको प्रस्तुतिमा लागत कम गर्नको लागि कुखुराको दानालाई अनुकूलन गर्ने समस्याहरुको बारेमा अध्ययन भइरहेको र स्केलेबल स्वचालित रि–आईडेण्टिफिकेसन (रि–आईडी) विकास गर्ने, बथानको वृद्धि र स्वास्थ्यको निगरानी गर्ने, प्रारम्भिक रोग पत्ता लगाउने सुविधा सक्षम पार्ने, दाना खुवाउने प्रणालीलाई अनुकूलन र स्वचालित गर्ने उद्देश्य भएको जानकारी दिए।
त्यसको लागि कुखुराहरूलाई छुट्याउन भिजुअल मार्करहरू प्रयोग गर्दै सरल तरिकाबाट सुरु गरिएको भए तापनि यसमा स्पष्ट रुपमा समस्याहरू र त्रुटिअरु देखा परेको बताए।
त्यसैले उनीहरुले कम्प्युटर भिजन प्रयोग गरेर भिजुअल रि–आईडेण्टिफिकेसन (रि–आईडी) अन्वेषण गर्दै आफ्नै डाटासेट निर्माण गर्ने, इन्सटरयान्स क्रप्स तयार गर्ने र मोडेलले कुखुराहरूलाई तिनीहरूको भौतिक विशेषताहरूको आधारमा मात्र छुट्याउन सक्छ कि सक्दैन भनेर परीक्षण गर्ने योजना रहेको जानकारी दिए।
त्यसैगरी काउली फार्ममा रोग र बोटबिरुवाको वृद्धिको निगरानी गर्न निकै गाह्रो भएको अुभव सुनाउँदै फूलगोभीको वृद्धिको लागि स्वचालित स्केलेबल प्रणाली निर्माण गर्ने, निगरानी गर्ने, रोग पहिचान/पत्ता लगाउनुका साथै माटो विश्लेषणबारे गम्भीर अवस्था र स्वचालित सिँचाइमा किसानलाई सचेत गराउने उद्देश्यहरू राखिएको प्रश्तोताहरुले जानकारी दिए।
काउलीफ्लावर मनिटरिङ सिस्टमः
स्केलेबल रोग पत्ता लगाउनको लागि सम्पूर्ण काउली क्षेत्रको निगरानी गर्दै उनीहरुले स्वचालित रोग पत्ता लगाउने प्रविधि प्रयोग गर्दै ब्याक्टेरियल स्पट ब्ल्याक रोट पत्ता लगाउन सफल भएको उल्लेख गरे।
नर्म एग्रो फार्म टेक स्ट्याक कसरी प्रायोग गरिएको छ?

अर्को चरणहरूः
१) स्वचालित अलर्टिङ
२) उपचार सिफारिस
३) स्वचालित कीट स्प्रे (ड्रोन)
नेपालमा परम्परागत खेतीतर्फ खेतिको निगरानीमा कमी, रोग वा वृद्धि रेकर्डको अभाव, सिचाइको लागि किसानहरूमा पूर्ण रूपमा निर्भर हुनु पर्ने जस्ता समस्याहरू सामना गर्नुपर्ने उल्लेख गरिएको छ।
साथै प्राविधिक चुनौतीहरूमा अनुचित वायरिङ सेटअप, इन्टरनेट पहुँचको कमी, उत्पादन डाटाको दृश्यावलोकनमा कमी, पशुको ट्र्याकिङ अभाव र ठूलो मात्रामा स्वचालित गणनामा कठिनाई जस्ता थप समस्याहरू रहेको जनाइएको छ।
कृषिलाई रूपान्तरण गर्न एआईको शक्ति प्रयोग गर्ने र पूर्वदेखि पश्चिमसम्म एआईलाई सर्वव्यापी बनाउने उनीहरुले जानकारी दिए।
ए²–एग्री एण्ड एआई इनोभेसन स्टोरीटेलिङ (जुन २६–२७, २०२५) नामक दुई दिने कार्यक्रमको पहिलो दिनको कार्यक्रम खुमलटारको नेपाल कृषि अनुसन्धान परिषद (NARC) मा आयोजना गरिएको थियो। पहिलो दिनको स्टोरीटेलिङ कार्यक्रममा किसान, अनुसन्धानकर्ता र स्टार्टअपहरू उपस्थित भएका थिए।
प्रकाशित: १४ असार २०८२, शनिबार