सामाजिक सञ्जालमार्फत ६२ लाख ठगी गर्ने पक्राउ

  • Technology Khabar | १३ असार २०८२, शुक्रबार
सामाजिक सञ्जालमार्फत ६२ लाख ठगी गर्ने पक्राउ
सांकेतिक तस्विर

काठमाडौं ।

सामाजिक सञ्जाल फेसबुकमार्फत थाइल्यान्डको बासिन्दा हुँ भनी पटक पटक गरी बैसट्ठी लाख पचहत्तर हजार दुई सय रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले देवानगन्ज गाउँपालिका १ बस्ने २० वर्षीय कुशेस्वर मेहतालाई पक्राउ गरेको हो।

मेहताले फेसबुकमा भानिदा सुबन नाम गरेको आइडी बनाई आफ्नो नाम फुइङ भानिटा र आफू थाइल्यान्डको सिएम कमर्सियल बैङकको मेनेजर भएको बताउँदै कुर्मराज शाहीलाई सम्पर्क गरेको थियो। मेहताले आफू कार्यरत बैकमा एलिन अरबी शाहीको नाममा खाता रहेको र उसको अपुतालीको सम्पत्ति खाने आफन्त कोही नभएकाले तपाईंको जातसँग मिल्ने हुनाले उसको खातामा रहेको सम्पूर्ण रकम तपाईंको नाममा ल्याउन सकिन्छ भनी पीडित कुर्मराज शाहीलाई झूठा विश्वास दिलाउँदै विभिन्न मितिमा आफ्नो नाममा रहेको विभिन्न बैंक खातामा पटक पटक गरी बैसट्ठी लाख रुपियाँभन्दा बढी हाल्न लगाएको पीडित शाहीले प्रहरीलाई बताएका छन्।

प्रहरीमा परेको उजुरीपछि मेहतालाई मङ्गलबार राति कोशी गाउँपालिका-८, भण्टाबारीस्थित नेपाल-भारत सिमा क्षेत्र आसपासमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रमुख प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए।

आजको गोरखापत्रबाट

प्रकाशित: १३ असार २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार