Technology Khabar १३ असार २०८२, शुक्रबार
काठमाडौं ।
बर्दियास्थित हुलाकी राजमार्ग अन्तर्गत पर्ने गुलरिया राजापुर सडकको ओराली बजार सडकखण्डमा सिसी क्यामराबाट बन्यजन्तुको निगरानी सुरु गरिएको छ। ओरालो बजार सडकखण्डको हुलाकी सडकबाट वन्यजन्तु ओहोरदोहोर गर्ने भएपछि मानव बन्यजन्तु द्वन्द्व कम गर्न र वन्यजन्तुबाट हुन सक्ने अन्य क्षति रोक्नका लागि सिसी क्यामराबाट वन्यजन्तुको निगरानी सुरु गरिएको हो।
खाता जैविक मार्ग हुँदै बाघ, हात्ती, गैंडालगायत दुर्लभ बन्यजन्तु नेपाल-भारत ओहोरदोहोर गर्ने गर्छन्। खाता जैविक मार्ग नेपाल भारतका लागि बन्यजन्तु संरक्षणको महत्त्वपूर्ण स्थान भएकाले खाता र आसपासका क्षेत्रमा सिसी क्यामराबाट जनावरको निगरानी गर्न सुरु गरिएको हो।
खाता क्षेत्रको ओराली सामुदायिक बन गरी १० स्थानमा सिसी क्यामरा जडान गरी जगली जनावरको निगरानी सुरु गरिएको छ । खाता समन्वय समितिका अध्यक्ष हरि गुरुङले खाता जैविक मार्ग अन्तर्गत पर्ने विभिन्न स्थानमा सिसी क्यामराले निगरानी गर्ने काम सुरु भएको बताउनुभयो । खाता अन्तर्गतको गुलरिया राजापुर सडकमा समेत सिसी क्यामरा जडान गरिएको उनले जानकारी दिए।
खाता जैविक मार्ग र ओराली सामुदायिक वनक्षेत्रमा जडान गरिएको सिसी क्यामराको निगरानी खाता समन्वय समिति र डिभिजन बन कार्यालय बर्दियाले गर्ने गरेको छ। ठूला खालका जनावर खाता जैविक मार्ग क्षेत्रबाट आवतजावत गर्ने समयमा स्थानीय र सडकमा हिँड्ने सर्वसाधारणलाई सडक प्रयोग नगर्नका लागि अनुरोध गरिएको छ।
डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी एवं वन अधिकृत रामकुमार चौधरीले खाता जैविक मार्ग क्षेत्रमा बाघलगायत ठूला जगली जनावरको आवागमन, जनावरको निगरानी गर्न सिसी क्यामरा जडान गरिएको बताउनुभयो।
स्वाता जैविक मार्ग वनक्षेत्रमा जडान गरिएको सिसी क्यामराको निगरानी मधुवन नगरपालिका-२ मा रहेको त्वाता समन्वय समिति र डिभिजन बन कार्यालयबाट गरिन्छ। चारैतिरबाट जङ्गल छ जनावर कति बेला गाउँ पस्छन् थाहै हुँदैन। मधुवन नगरपालिका ३ का वडाध्यक्ष नारायण मल्लले मुख्य मुख्य स्थानमा सिसी क्यामरा जडानले मानव बन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न केही सहजता भएको बताए।
खाता जैविक मार्ग अन्तर्गत रहेको वनमा क्यामरा जडान गर्न वर्ल्ड वाइड नेचर नेपालले २० लाख रुपियाँ लगानी गरेको छ।
आजको गोरखापत्रबाट
प्रकाशित: १३ असार २०८२, शुक्रबार