जेठ मसान्तसम्म ८ अर्बमाथिको ल्यापटप तथा नोटबुक भित्रिए

Technology Khabar १३ असार २०८२, शुक्रबार

जेठ मसान्तसम्म ८ अर्बमाथिको ल्यापटप तथा नोटबुक भित्रिए
सांकेतिक तस्विर

काठमाडौं ।

आर्थिक वर्ष २०८१/८२ को एघारौं महिना जेठ मसान्तसम्म ल्यापटप तथा नोटबुक आयातमा उल्लेख्य बढोत्तरी  भएको छ।

हालै भन्सार विभागले अद्यावधिक गरेको वैदेशिक व्यापारको २०८२ जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार नेपालमा विभिन्न ३६ देश र एउटा नाम नखुलेको स्थानबाट ८ अर्ब ९ करोड ८५ लाख २४ हजार रुपैयाँ बराबरका जम्मा १ लाख १७ हजार ८९० थान ल्यापटप तथा नोटबुकहरु आयात भएको पाइएको छ।

तथ्याङ्कअनुसार ल्यापटप तथा नोटबुक आयातको आँकडा अघिल्लो वर्षको सोही अवधि अर्थात् २०८१ जेठ मसान्तमा १ लाख ५ हजार ५९० रहेकोमा एक वर्षको अवधिमा १२ हजार ३०० ले बढेर ८५ हजार ७२० मा पुगेको हो।

रकमका हिसाबले गत वर्षको यो अवधिमा ६ अर्ब ८५ करोड ३३ लाख २३ हजार रहेकोमा एक वर्षमा १८.१७ प्रतिशत अर्थात् १ अर्ब २४ करोड ५२ लाख १ हजारले बढे‍र समग्रमा ८ अर्ब ९ करोड ८९ लाख २४ हजार पुगेको छ।

सबैभन्दा धेरै ८२ हजार ४० थान चीनबाट आयात

यस्तो छ सङ्ख्याका आधारमा उत्कृष्ट १० को  विवरण:

क्रं सदेशविवरण (थान)रकम (हजारमा)
चीन११२५४२७७०६७३१
भारत१९३१५०९५
मलेशिया१९७६१३०७१४
सिंगापुर३१४२०००१
यूएई९८६६८०१८
नाम नखुलेको स्थान४४१३८१०१
अमेरिका४०७२९७८५
भियतनाम२४४२४७२२
अस्ट्रेलिया३८९३८४१३
१०ताइवान९८१०५१९०

यी बाहेक अन्य २६ मुलुकबाट २१ हजारदेखि ७८ लाख ९९ हजार रुपैयाँसम्मका १ देखि ६८ थानसम्म ल्यापटप तथा नोटबुक नेपाल भित्रिएका छन्।

प्रकाशित: १३ असार २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया