सिस्टम मर्मतका कारण नेपाल टेलिकमको रिचार्ज सब्सक्रिप्सन आज राति बन्द हुने

Technology Khabar १२ असार २०८२, बिहीबार

काठमाडौं ।

नेपाल टेलिकमको सिस्टम मर्मतका कारण आज रातिको केहि समय रिचार्ज सब्सक्रिप्सन सेवा अवरुद्ध हुने भएको छ।

कम्पनीले सार्वजनिक जरूरी सूचनामार्फत मध्यरातमा सेवा बन्द हुने जनाएको हो।

नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित मर्मत सम्बन्धि कार्यका लागि आज राति ११:५५ बजे देखि करिब २ घण्टा रिचार्ज सब्सक्रिप्सन (Recharge Subscription) सेवा बन्द हुने भएकोले यो सूचना जारी गरिएको छ।

उक्त समयमा भ्वाइस/एसएमएस/ डाटा/ आईपीटीभी सेवा यथावत सञ्चालन जानकारी दिएको छ।

प्रकाशित: १२ असार २०८२, बिहीबार

तपाइको प्रतिक्रिया