Technology Khabar १२ असार २०८२, बिहीबार
काठमाडौं ।
लेनोभोले भर्खरै क्रोमओसद्वारा संचालित नयाँ ल्यापटप क्रोमबुक प्लस १४ प्रस्तुत गरेको छ। यस नयाँ ल्यापटपमा भाइब्रेण्ट ओएलईडी डिस्प्ले समावेश गरिएको छ। साथै डल्बी एटमोससँग ट्युन गरिएको अडियो सेटअप फिचर गर्ने यो पहिलो क्रोमबुक भएको बताइएको छ।
लेनोभो क्रोमबुक प्लस १४ः
नामले नै सुझाव दिएझैं, चिनियाँ टेक जायन्टको पछिल्लो क्रोमबुक प्लस १४ मा अगाडि १४ इन्चको डिस्प्ले रहेको छ। यो WUXGA रजोल्युसन (१९२० x १२००) र ६० हर्ज रिफ्रेस रेटसहितको टच सक्षम प्यानल भएको बताइएको छ। त्यसैले यस स्क्रिनमा भाइब्रेण्ट कलर्स (जीवन्त रंगहरू) को अपेक्षा गर्न सकिने जनाइएको छ। उत्कृष्ट दृश्य सेटअपलाई जोड्दै, लेनोभोले डल्बी एटमससँग ट्युन गरिएको चारओटा २डब्ल्यू स्पिकरहरू पनि थपेको उल्लेख छ।
लेनोभो क्रोमबुक प्लस १४ मा मिडियाटेक कम्प्यानियो अल्ट्रा ९१० चिप समावेश गरिएको छ जुन एआरएम माली जी५२ ग्राफिक्स र एनपीयू सँग पेयर्ड गरिएको छ। साथै यसले प्रभावशाली ५० टीओपीस पर्फमेन्स प्रदान गर्ने दाबी गरिएको छ। त्यसैगरी प्रोसेसर १६जीबी सम्मको एलपीडीडीआर५एक्स र्याम र २५६जीबी सम्मको यूएफएस स्टोरेजसँग जोडिएको छ। यसले क्रोमओस रन गर्ने उल्लेख गरिएको छ। कनेक्टिभिटी विकल्पहरूमा एक यूएसबी–ए ३.२, दुईओटा यूएसबी–सी ३.२ (डिस्प्लेपोर्ट समर्थन), ३.५एमएम अडियो ज्याक, वाई–फाई ७ र ब्लुटुथ ५.४ समावेश रहेका छन्।
लेनोभोले यो डिभाइस एक पटक पूर्ण चार्ज गर्दा १२ घण्टासम्म चल्न सक्ने दाबी गरेको छ। क्रोमबुक प्लस १४ को तौल लगभग १.२५ किलोग्राम रहेको छ भने यो एल्युमिनियम चेसिस प्रयोग गरेर बनाइएको छ। यसको सुरुवाती मूल्य ६४९.९९ अमेरिकी डलर कायम गरिएको छ र यसलाई ब्रान्डको आधिकारिक वेबसाइटबाट खरिद गर्न सकिने छ। कम्पनीले लेनोभो जियाओक्सिन डेस्कटप पीसी घोषणा गरेको केही दिन पछि यो घोषणा आएको गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: १२ असार २०८२, बिहीबार