नेपालमा विद्युतीय चारपाङ्रे सवारी साधन कत्तिको खपत हुन्छ? जेठ मसान्तसम्म कति भित्रिए?

Technology Khabar १२ असार २०८२, बिहीबार

काठमाडौं ।

जेठ मसान्तसम्ममा नेपालमा ३१ अर्ब ५४ करोड ५१ लाख १० हजार रुपैयाँ बराबरको १३ हजार ४ सय ८३ थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को जेठ २०८२ सम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सवारी साधनलाई समावेश गरिएको छैन।

चालु आर्थिक वर्ष २०८१/८२ को दशौं महिना चैतसम्म नेपाल भित्रिएका चारपाङ्ग्रे सवारी साधन १३ हजार ४८३ तथा समग्र मूल्य २३ अर्ब ९ करोड ९३ लाख २२ हजार रुपैयाँ रहेको छ।

अघिल्लो महिना वैशाखसम्म २३ अर्ब ९ करोड ९३ लाख २२ हजार रुपैयाँ बराबरको ९ हजार ८५० थान चारपाङ्ग्रे विद्युती सवारी साधन आयात भएका थिए। यसरी हेर्दा वैशाखबाट जेठसम्मको १ महिनामा ८ अर्ब ४४ करोड ५७ लाख ८८ हजार बराबरको ३ हजार ६३३ थान चारपाङ्ग्रे सवारी भित्रिएको देखिन्छ।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत र जर्मनी, द. कोरिया, इण्डोनेसिया, मलेसिया र अमेरिका गरी विश्वका ६ देशबाट ती सवारी साधन भित्रिएका हुन्।

यस्तो छ आयातको विवरण:

५० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन५० किलोवाटसम्म२८२८४, ९८, ३९, ३३, ०००
कार, जीप र भ्यानभारत५० किलोवाटसम्म१८९६३, ३१, ५७, १६, ०००
कार, जीप र भ्यानइण्डोनेशिया५० किलोवाटसम्म७४,२२,०००

 

५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन५१ देखि १०० किलोवाटसम्म ६०८६ १५, ४८, ३५, १९, ०००
कार, जीप र भ्यानभारत५१ देखि १०० किलोवाटसम्म १२७६ २, ९६, ६९, ४६, ०००
कार, जीप र भ्यानद. कोरिया५१ देखि १०० किलोवाटसम्म १४५, ८९, ०००

 

१०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप 

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
पिक पावरयुक्त कार, जीप र भ्यानचीन१०१ देखि २०० किलोवाटसम्म१२४६४, २, ९८,७५, ०००
पिक पावरयुक्त कार, जीप र भ्यानजर्मनी१०१ देखि २०० किलोवाटसम्म३६२५,१२, ४०, ०००
पिक पावरयुक्त कार, जीप र भ्यानभारत१०१ देखि २०० किलोवाटसम्म१२३, ८८, ३ ०००
पिक पावरयुक्त कार, जीप र भ्यानद. कोरिया१०१ देखि २०० किलोवाटसम्म३, ९०, १३, ०००
पिक पावरयुक्त कार, जीप र भ्यानमलेसिया१०१ देखि २०० किलोवाटसम्म५०१२, ५४, १२,०००
पिक पावरयुक्त कार, जीप र भ्यानअमेरिका१०१ देखि २०० किलोवाटसम्म२, ०७, ८३, ०००

 

२०१ देखि ३०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन२०१ देखि ३०० किलोवाटसम्म३२१९, ३४, ३८०००
कार, जीप र भ्यानजर्मनी२०१ देखि ३०० किलोवाटसम्म५ ७, १३, ०९,०००
कार, जीप र भ्यानअमेरिका२०१ देखि ३०० किलोवाटसम्म १४७, ९१, ०००

 

३०० किलोवाटदेखि माथिको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
पिक पावरयुक्त कार, जीप र भ्यानचीन ३०० किलोवाटदेखि माथि८३, २३, ०००

प्रकाशित: १२ असार २०८२, बिहीबार

तपाइको प्रतिक्रिया