“केरा गणतन्त्र” लेखेको टि-सर्ट नबेच्न साइबर ब्यूरोद्वारा निर्देशन दिएको दाबी

  • Technology Khabar | ११ असार २०८२, बुधबार
“केरा गणतन्त्र” लेखेको टि-सर्ट नबेच्न साइबर ब्यूरोद्वारा निर्देशन दिएको दाबी

काठमाडौं ।

युट्युब च्यानल इन्डेप्थ स्टोरीले डिजाइन गरेको र बनाएको “केरा गणतन्त्र” लेखेको टि-सर्ट नबेच्न सरकारले निर्देशन दिएको संस्थाले जनाएको छ।

यो टि-सर्टले देशको शान्ति सुरक्षा, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता र स्वाभिमानमा खलल पुग्ने भन्दै उक्त डिजाइनको प्रचार र बिक्रीमा रोक लगाउन निर्देशन दिएको इन्डेप्थ स्टोरीले आफ्नो फेसबुक पेज मार्फत जानकारी दिएको छ।

“हामीले हालै सार्वजनिक गरेको “केरा गणतन्त्र” डिजाइनले मुलुकको शान्ति सुरक्षा, सार्वभौसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता र स्वाभिमानमा खलल पुग्ने भन्दै उक्त डिजाइनको प्रचार र बिक्रीमा रोक लगाउन सरकार Cyber Bureau मार्फत निर्देशन दिएको छ,” इन्डेप्थ स्टोरीको फेसबुक पोस्टमा भनिएको छ।

टिसर्ट बनाउने संस्थाले “केरा गणतन्त्र” को अर्थ र ऐतिहासिक सन्दर्भ स्पष्ट पार्न प्रयत्न गरेको तर उनीहरुले नबुझेको बताएको छ।

“यस परिस्थितिमा, हामीले यो विषय टुंगो नलागेसम्म “केरा गणतन्त्र” मात्र होइन, IDS Wears अन्तर्गत रहेका सम्पूर्ण डिजाइनहरूमा अस्थायी रूपमा अर्डर लिन रोक लगाउने निर्णय गरेका छौं।” पोस्टमा उल्लेख छ।

प्रकाशित: ११ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • ११ असार २०८२, बुधबार