बोइङ ७४७ को जत्रै पखेटा भएको सौर्य ऊर्जाबाट चल्ने ड्रोन एक महिनासम्म निरन्तर उड्न सक्ने

  • Technology Khabar | ११ असार २०८२, बुधबार
बोइङ ७४७ को जत्रै पखेटा भएको सौर्य ऊर्जाबाट चल्ने ड्रोन एक महिनासम्म निरन्तर उड्न सक्ने

काठमाडौं ।

स्काइड्वेलर एरोले आफ्ना अमेरिकी र फ्रान्सेली साझेदारहरूको सहयोगमा बोइङ ७४७ को भन्दा ठूलो पखेटा (विङस्पान) भएको विश्वको सबैभन्दा ठूलो सौर्य ऊर्जाबाट चल्ने मानवरहित ड्रोन अनावरण गरेको छ।

अल्ट्रा–लाइट कार्बनबाट बनेको र १७,००० सौर्य सेलहरूले सुसज्जित यो एयर क्राफ्ट हप्तादिनसम्म हावामा नै उडेर बस्न सक्ने कम्पनीको भनाई छ।

त्यसैगरी अवतरण वा रिफ्युल (इन्धन पुनर्भरण) नगरिकन एक महिनासम्म चल्ने मिसनको प्राप्त गर्ने यसको लक्ष्य भएको उल्लेख गरिएको छ।

सन् २०२४ को अन्त्यतिर मिसिसिपीको स्टेनिस अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको परीक्षण अनुसार, स्काइडवेलरले धेरैओटा पूर्ण स्वायत्त उडानहरू हासिल गरेको छ जसमध्ये सबैभन्दा लामो उडानहरू २२.५ घण्टाको भएको र अन्य १६ घण्टाभन्दा बढीको भएको उल्लेख गरिएको छ।

यो ड्रोन ३० देखि ९० दिनसम्म चल्ने मिसनका लागि डिजाइन गरिएको बताइएको छ जसमा समुद्री र स्थल मार्गहरूको निगरानी गर्ने, लागूपदार्थ तस्कर र समुद्री डाँकाहरू पत्ता लगाउने, युद्ध क्षेत्रहरूको निगरानी गर्ने र वन्यजन्तु बसाइँसराइ ट्र्याक गर्ने क्षमता समावेश गरिएको छ।

स्काइडवेलर सौर्य ऊर्जामा विश्वभर यात्रा गरेको प्रसिद्ध सोलार इम्पल्स २ विमानमा आधारित छ।

‘कम्पनीले कार्बन डाइअक्साइड उत्सर्जन बिना दिगो उडान सक्षम पार्ने लक्ष्यका साथ विश्वको सबैभन्दा ठूलो स्वायत्त, मानवरहित, सौर्य ऊर्जाबाट चल्ने विमानको फ्लीट विकास गरिरहेको छ, जसको लागत परम्परागत विमानको तुलनामा दश देखि सय गुणा कम छ’, स्काइड्वेलर एरोले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।

कम्पनीले हाल थप विमानहरू उत्पादन गरिरहेको र तिनीहरूलाई सैन्य, व्यावसायिक र मानवीय मिसनहरूमा प्रयोग गर्ने योजनाको साथ व्यावसायिक प्रयोगको लागि तयार गरिरहेको छ।

कम्पनीको प्रत्येक उत्पादनले इन्धनबाट चल्ने विमानको सम्पूर्ण फ्लीटलाई प्रतिस्थापन गर्न सक्ने दावी गरिएको छ, जसले गर्दा कम सञ्चालन लागत र शून्य कार्बन डाइअक्साइड उत्सर्जनको साथ लामो अवधिको मिसनहरू सक्षम हुने टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ११ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...