आईफोन १७ प्रोमा वर्षौंदेखि एन्ड्रोइड फोनहरूमा रहेको कुलिङ टेक आउँदै

Technology Khabar ११ असार २०८२, बुधबार

काठमाडौं ।

एप्पलको आगामी आईफोन १७ प्रोले कुलिङ खण्डमा धेरै आवश्यक अपग्रेड प्राप्त गर्ने भएको छ। एप्पलले गेमिङ, एआई, र समान रिसोर्स–इनटेन्सिभ टास्क (कार्यहरू) को बढ्दो मागहरूलाई सम्हाल्न मद्दत गर्न भेपोर चेम्बर कुलिङ प्रणाली थप्ने योजना बनाइरहेको हालैका लीकहरूले उल्लेख गरेका छन्।

उक्त थर्मल सलुसन सबै एन्ड्रोइड फ्ल्यागशिपहरू र धेरैजसो मिड–रेञ्ज फोनहरूले वर्षौंदेखि प्रयोग गर्दै आएको छन्।

यस प्रकारको थर्मल सलुसनले तापलाई मुख्य कम्पोनेन्टहरूबाट चेसिसमा द्रुत रूपमा सार्नको लागि फ्लुड इभापोरेसन र कन्डेनसेसन प्रयोग गर्दछ। यो हालका आईफोनहरूको कपर हिट स्प्रेडरहरू र ग्रेफाइट सिटहरू भन्दा उल्लेखनीय रूपमा बढी उत्तम हुने उल्लेख गरिएको छ।

यो परिवर्तनले ठूलो फरक पार्न सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ। उदाहरणका लागि, आईफोन १६ प्रोले निरन्तर कार्यभारको समयमा ४० प्रतिशत सम्म जीपीयू प्रदर्शन गिरावट भोगेको रिपोर्ट गरिएको छ।

आईफोन १७ प्रोमा नयाँ ए१९ प्रो चिप राख्ने अपेक्षा गरिएको छ। त्यसैले राम्रो कुलिङ प्रणाली स्वागतयोग्य मात्र नभइ यो आवश्यक पनि भएको थप उल्लेख गरिएको छ।

नन्–प्रो आईफोन १७ मोडेलहरू भित्र भीसी कूलिङको अपेक्षाः

त्यसैगरी मेमोरी, मोडेम, र पछाडिको क्यामरा मोड्युलमा पनि भेपोर चेम्बर विस्तार गरिने भनिएको छ। यसले लामो ४के/८के भिडियो रेकर्डिङ वा अन–डिभाइस एआई–आधारित कार्यहरूमा ताप–सम्बन्धित समस्याहरू कम गर्न मद्दत गर्न सक्ने बताइएको छ।

आईओएस १९ ले विशेष गरी सिरी वरिपरिका अन–डिभाइस एआई सुविधाहरूमा धेरै झुक्ने सम्भावना भएको हुनाले स्मुथ र कनसिस्टेन्ट पर्फमेन्स कायम राख्नको लागि चिपलाई चिसो राख्नु पर्ने बताइएको छ। यद्यपी, नन्–प्रो आईफोन १७ मोडेलहरूले कपर हिट स्प्रेडरहरू र ग्रेफाइट सिटहरूमा भर पर्न जारी राख्नेछ।

यदि यी लीकहरू यर्थाथमा परिणत भएको खण्डमा भने, वर्षौंदेखि एन्ड्रोइड डिभाइसहरूले प्रदान गर्दै आएको धेरै आवश्यक थर्मल हेडरूम आईफोन १७ प्रोले पनि अन्ततः ल्याउने सम्भावन रहेको छ।

सन् २०२५ को सेप्टेम्बर आसपास एप्पलले आफ्नो नयाँ डिभाइस अनावरण गर्ने अपेक्षा गरिएको गीज्मोचाइनाले उल्लेख गरेको छ।
तस्बिरः आईफोन १७ प्रोको लीक भएको भेपर चेम्बर।

प्रकाशित: ११ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया