इन्टरफेस डिजाइन ‘लिक्विड ग्लास’ को प्रमुख समस्या आईओएस २६ बिटा२ रिलिजसँगै समाधान

Technology Khabar ११ असार २०८२, बुधबार

काठमाडौं ।

सोमबार सार्वजनिक गरिएको आईओएस २६ बिटा२ सँगै एप्पलले यस महिनाको सुरुवातमा वर्ल्डवाइड डेभलपर कंग्रेस २०२५ मा घोषणा गरिएको नयाँ प्रयोगकर्ता इन्टरफेस डिजाइन ‘लिक्विड ग्लास’ मा देखिएको एउटा प्रमुख समस्या समाधान गरेको छ।

यो नयाँ इन्टरफेसले अप्टिकल गुणहरूबाट प्रेरणा लिएको डिजाइन प्रयोग गरेर अपरेटिङ सिस्टमको स्वरूपलाई आधुनिक बनाउँछ। यसमा प्रकाश कसरी अपवर्तन हुन्छ र काँचको पारदर्शिता जस्ता विशेषता समावेश छन्।

तर प्रारम्भिक आईओएस २६ परीक्षकहरूले सुरुवाती डेभलपर बीटा संस्करणमै यसको केही कमजोरीहरू औंल्याएका थिए। यो बीटा संस्करण पूर्ण रूपमा तयार नभइसकेको भए पनि प्रयोगकर्ताहरूले स्क्रिनसटहरू साझेदारी गर्दै लिक्विड ग्लासले पढ्न र प्रयोग गर्न गाह्रो हुने ठाउँहरूमा आलोचना गरेका थिए।

रोयटर्सका अनुसार प्रयोगकर्ताहरूको प्रमुख चिन्तामध्ये एक थियो– लिक्विड ग्लासले कन्ट्रोल सेन्टरलाई (आईफोनको स्क्रिनको दायाँपट्टि तलतिर स्वाइप गर्दा देखिने मेनु) झण्डै पढ्न नसकिने बनाएको। यसको अर्धपारदर्शी स्वरूपका कारण कन्ट्रोल सेन्टरका बटन र स्लाइडरहरू आईफोनको होम स्क्रिनमा देखिने आइकन र विजेटहरूसँग छुट्याउन गाह्रो भएको थियो।

प्रकाशित: ११ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया