
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गायक दुर्गेश थापाको गीत १० करोड भ्युज पुगेको भन्दै बधाई दिएका छन्।
भेरिफाइड व्यक्तिगत फेसबुक पेजमार्फत् उनले गायक थापालाई उनको ‘दुश्मन हेरेकोहेर्यै’ बोलको गीत ५ महिनामा १० करोड पटक हेरिएको भन्दै बधाई दिएका हुन्।
आइतबार बेलुकी ९ बजेर १४ मिनेटमा पोस्ट गरिएको स्टाटस यस्तो छ, ‘आजको नयाँ पिँढीले बेग्लै स्वादका गीत/ संगीतमा रुचि देखाउन थालेको ‘दुश्मन हेरेकोहेर्यै’ गीतको भ्युवरबाट थाहा हुन्छ। दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन ( १० करोड) पुगेको छ। गीतका सर्जक दुर्गेश थापालाई बधाई!’
यो गीत थापाको आफ्नै दुर्गेश थापा नामक युट्यूब च्यानलमा पाँच महिना अघि अपलोड गरिएको थियो। उनको च्यानलमा १६ लाख २० हजार सब्स्क्राइबर रहेका छन्। यतिबेलासम्म भने उक्त गीतको भ्युज १०१ मिलियन अर्थात् १० करोड १० लाख पुगेको छ।
प्रकाशित: १० असार २०८२, मंगलवार