आईफोनबाट राम्रो फोटो खिच्नको लागि एडोबले ल्यायो नयाँ एप

  • Technology Khabar | १० असार २०८२, मंगलवार
आईफोनबाट राम्रो फोटो खिच्नको लागि एडोबले ल्यायो नयाँ एप

काठमाडौं ।

एडोबले आईफोनको लागि नयाँ क्यामरा एप लन्च गरेको छ। एडोबको नयाँ एपले आईफोनबाट सार्प र स्पष्ट फोटो खिच्न मद्दत गर्ने बताइएको छ।

हाल निःशुल्क रुपमा उपलब्ध गराइएको यो एपले पछिल्लो आईफोनहरूमा काम गर्ने र एडोब खाता पनि आवश्यक नपर्ने रिपोर्ट गरिएको छ।

प्रोजेक्ट इन्डिगो भनिने एडोबको यस एपको पछाडि रहेका व्यक्तिहरू मध्ये एक मार्क लेभोय हुन् जसले गुगलको प्रारम्भिक पिक्सेल क्यामराहरूलाई अलग बनाउने कम्प्युटेशनल फोटोग्राफी निर्माण गर्न मद्दत गरेका थिए।

एडोब ल्याब्स मार्फत गत हप्ता जारी गरिएको प्रोजेक्ट इन्डिगोले आईफोन १२ प्रो/प्रो म्याक्स, आईफोन १३ प्रो/प्रो म्याक्स र सबै आईफोन १४ मोडेल र पछिल्लो आईफोनहरूमा काम गर्ने उल्लेख गरिएको छ।

उत्कृष्ट परिणामहरूको लागि भने आईफोन १५ प्रो वा नयाँमा प्रयोग गर्न एडोबले सिफारिस गरेको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १० असार २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...